लोकसेवा आयोगको प्रश्नमा ‘फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन ? भनेर सोधिएपछि अभिनेत्री सुरक्षा पन्त पुनः चर्चामा आएकी छिन् ।

सुरक्षाको अभिनय भएको अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ कान्सको प्रतिस्पर्धामा छानिएकाले उनले कान्सको रेड कार्पेटमा हिँड्ने मौका पाएकी थिईन । उनी कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री हुन् । गत जेठमा फ्रान्समा भएको विश्वकै प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा नेपाली अभिनेत्री सुरक्षा पन्तले उपस्थिति जनाए पछि उनी एकाएक चर्चामा आएकी थिइन् ।
लोकसेवाको परिक्षामा एउटा उत्तर हुन पाएकोमा सुरक्षाले खुशी व्यक्त गरेकी छिन् । रेड कार्पेटमा हिँड्दै गर्दा राष्ट्र, नेपाली फिल्म क्षेत्रलाई प्रतिनिधित्व गरेको उनी बताउछिन् ।
अधिकृत क्याडेट पदको प्रश्नपत्रको १९ नम्बरको बुँदामा ‘फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन् ?
उत्तरको अप्सनमा अभिनेत्रीहरु प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धरको नाम उल्लेख थियो । यो प्रश्न सोधिएको प्रश्नपत्रको फोटो सुरक्षाले आफ्नो फेस्बुकमा पोस्ट गरेकी थिइन । जहाँ सुरक्षाकै नाममा परिक्षार्थीले गोलो घेरा लगाएको देखिन्छ ।
सुरक्षाले सन् २०१५ मा आलोक नेम्वाङर्को अझै पनि’ बाट सहायक भूमिकामा अभिनेत्रीको रूपमा डेब्यु गरेकी थिइन् । उनीद्वारा अभिनीत आमा, भैरे, धनपति, अझै पनि, पीर गीत लगायत थुपौं फिल्मलाई आमदर्शकले मनपराएका छन् । उनले आमा चलचित्रका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन ।
यसअघि अभिनेत्री प्रियंका कार्की पनि सन् २०१७ मा कान्स फिल्म फेस्टिभलमा सहभागी भएपनि रेड कार्पेटमा हिँड्ने मौका भने पाएकी थिइनन् ।





























प्रतिक्रिया