हलिउड फिल्म थोरको सिक्वेल थोर लभ एण्ड थन्डर कोरोनापछि नेपालमा तेस्रो उच्च ओपनिङ गर्ने हलिउड फिल्म बनेको छ ।
थोरको सिक्वेल लभ एण्ड थन्डरले नेपालमा १ करोड ७५ लाख रुपैयाँको बराबरको व्यापार गर्दै सबैभन्दा बढि कमाई गर्ने तेस्रो हलिउड फिल्म बनेको हो ।
यसअघि ‘स्पाइडरम्यान’ र ‘डक्टर स्ट्रेन्ज २’ ले थोरको सिक्वेल भन्दा उच्च ओपनिङ गरेका थिए ।
यस्तै, उत्तर अमेरिकामा पनि कोरोना महामारीपछि तेस्रो धेरै ओपनिङ गर्ने फिल्म थोर बनेको छ ।
छिमेकी देश भारतमा पनि थोरले राम्रो ओपनिङ गरेको छ । यसले भारतमा ५० करोड भन्दा बढिको व्यापार गरिसकेको छ।
रंगिन संसारप्रकाशित: २७ असार २०७९ १७:३९ सोमबार