आज ‘कबड्डी ४’ ले ५१ औं दिन मनाउँदै

आज ‘कबड्डी ४’ ले ५१ औं दिन मनाउँदै

केन्द्रबिन्दु
0
Shares

‘कबड्डी ४  द फाइनल म्याच’ ले आज प्रदर्शनको ५१ औं दिन मनाउँदैछ । ‘कबड्डी ४’ राम बाबु गुरुङद्वारा निर्देशित नेपाली रोमान्टिक कमेडी चलचित्र हो  । 

‘कबड्डी ४’ ३ करोड बजेटमा बनेको थियो । यसै कारण कबड्डी ४ लाई  नेपालमा बनेको सबैभन्दा महंगो भनिएको छ । २७ मे का दिन रिलीज  फिल्मले नेपाली बक्स अफिसमा धेरै रेकर्डहरु राखेको छ । 

‘कबड्डी ४’ नेपाली सिनेमामा सबैभन्दा धेरै कमाउने फिल्म बन्न सफल भएको छ ।
‘कबड्डी ४’ को कमाईको कुरा गर्ने हो भने यसले भारतीय फिल्म बाहुबली २ को नेपाली बजारमा राखेको रेकर्ड तोड्ने संकेत देखाइसकेको छ ।
  
बाहुबली २ ले नेपाली सिने बजारमा रु २३ करोड कमाएको थियो ।  ‘कबड्डी ४’ ले ४२ दिनसम्मको घरेलु बक्स अफिसलाई आधार मान्ने हो भने २२ करोड ७३ लाख रुपैयाँको ब्यापार गरिसकेको छ । यस अर्थ बाहुबलीले राखेको रेकर्डलाई ‘कबड्डी ४’ ले कुनै पनि समय तोड्न सक्ने देखिएको छ ।
 
चलचित्र ‘कबड्डी ४’ मा दयाहाङ राई ,सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ र विजय बरालको मुख्य भूमिका रहेको छ । ‘कबड्डी ४’ हाल बिभिन्न देशहरुमा प्रर्दशन भईरहेको छ ।

Logo