हिन्दी सिनेमा ब्रमास्त्रको गीत ‘केसरिया’ रिलिजको केही समयमा नै भाईरल बनेको छ । यस गीत केही महिना अगाडी टेजर सार्वजानिक गर्दा देखिनै दर्शक माझ लोकप्रिय बनेको थियो ।
अन्वीर कपूर र उनकी पत्नी आलिया भट्ट चलचित्रको मुख्य भुमिकामा रहेका छन् । उनीहरुको भिडियोमा रोमाञ्स दर्शकद्धरा निकै नै मन पराईएको छ ।
यस गीतले सार्वजनिक भएको केही घण्टामा नै मिलियन भिउज कमाइसकेको छ । गीतमा अर्जित सिंङको आवाज , अमिताभ भट्टाचार्यको शब्द र प्रितमको संगीत छ ।
फिल्ममा रणवीर र आलियासँगै अमिताभ बच्चन, मोनी रोय र अक्किनेनी नागार्जुनको मुख्य भूमिका छ ।
रन्वीरले आफ्नो करियरको सबैभन्दा राम्रो फिल्म ब्रमास्त्र भएको बताएका छन ।
ब्रह्मास्त्रले प्रदर्शन हुनुभन्दा अगाडि नै यो फिल्म वाल्ट डिज्नी स्टुडिओ पिक्चर्सको ग्लोबल रिलिज क्यालेन्डरमा परेर कीर्तिमानी राखेको छ । यस सूचीमा पर्ने पहिलो भारतीय फिल्म ब्रह्मास्त्र बनेको छ ।
ग्लोबल रिलिज क्यालेन्डरमा परेसँगै फिल्म आउँदो सेप्टेम्बर ९ तारिखमा विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।
म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम गरी पाँच भाषामा ब्रमास्त्र प्रदर्शन हुनेछ ।





























प्रतिक्रिया