प्यारामाउन्ट पिक्चर्सको पछिल्लो फिल्म 'टपगन : म्यभारिक' ले ११० वर्षे रेकर्ड तोर्डदै नयाँ इतिहास रचेको छ ।
'टपगन : म्यभारिक' ले जेम्स क्यामरुनको टाइटानिक फिल्मलाई पनि उछिन्दै यो रेकर्ड राखेको हो । यति मात्र होइन, टप गन म्याभरिकले विश्वव्यापी रुपमा १ अर्ब अमेरिकी डलरको कमाई गर्ने यो वर्षको पहिलो फिल्म बनेको छ ।
टप गन म्याभरिक सन् १९८६ मा आएको टप गन फिल्को रिमेक हो । फिल्ममा हलिउड स्टार टम क्रुजले पून एक पटक प्रशंसकहरूमाझ वावाहि वटुल्न सफल भएको छ ।
टप गन सिक्बेलले जेम्स क्यामरुनको ’टाइटानिक’ लाई उछिन्दै पारामाउन्टको घरेलु बजारमा कमाई गर्ने मामलामा उछिनेको छ । टाइटानिक फिल्मको नाममा रहेको ६ सय मिलियन डलरको कमाइलाई टप गन म्याभरिकले घरेलु बजारमा ६ सय १ मिलियन डलरको व्यापार गर्दै रेकर्ड तोडेको छ ।
प्यारामाउन्ट पिक्चर्सका उत्कृष्ट चलचित्रहरु
गडफादर, टपगन, ज्याक रायन, मिशन इम्पोसिबल, साउथ पार्क, कुङ फु पाण्डा, ट्रान्समिटर, एक्सएक्सएक्स, टाइटानिक, फरेस्ट गम्प लगायत धेरै फिल्महरु बनेका छन् ।
अहिलेसम्म टाइटानिक प्यारामाउन्टको सबैभन्दा धेरै कमाउने २५ फिल्मको सूचीमा सबैभन्दा माथि रहेको थियो तर अब टप गन म्याभरिकले त्यो स्थानमा आफ्नो नाम लेखाएको छ ।





























प्रतिक्रिया