गायक तथा अभिनेता प्रशान्त तामाङ बने पिता

गायक तथा अभिनेता प्रशान्त तामाङ बने पिता

केन्द्रबिन्दु
0
Shares

गायक तथा अभिनेता प्रशान्त तामाङ छोरीको पिता बनेका छन् ।  उनकी श्रीमती मार्था एली तामाङले बुधवार विहान दार्जिलिङको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । 

उनले छोरीको नाम ‘आरिया’ राखेको जानकारी दिदै सामाजिक सञ्जालमा केही तस्विरहरु राखेका छन । 

प्रशान्त र मार्थाले करीब तीन वर्षअघि प्रेम विवाह गरेका थिए । मार्था पेशाले एयर होस्टेस हुन् ।
‘इन्डियन आइडल ३’ को विजेता भएपछि उनले ‘गोर्खा पल्टन, परदेशी, निशानी, अंगालो यो मायाको, धडकन’ लगायतका फिल्ममा मुख्य भूमिकामा अभिनय गरेका थिए । 

उनको नयाँ फिल्म ‘परदेशी २’ आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Logo