नायिका प्रियंका कार्कीले आफ्नो छोरीसंगको रमाईलो पललाई तस्विरमा कैद गरेकी छिन् ।
उनले कैद गरेको छोरीसंगको रमाईलो तस्विर फेसबुकमा आफ्ना फ्यानहरुको लागि पोस्ट्याएकी छिन् । छोरी आयांकासंग राखेको तस्विरमा प्रियंका बाटुली देखिएकी छिन् । आमा छोरी नै बाटुलो कपाल र सिल्भलेस कपडामा सजिएका छन् । दुबै जनाको मुहारमा मुस्कान देखिन्छ । आमा , छोरी उनीहरुको घर पालुवा जनवार हस्की र उसका बच्चाहरुसंग खेलिरहेका छन् ।
आयांका १० महिनाकि क्यूट बालिका छिन् । उनले तस्विर राख्दै क्याप्सनमा आँखा आकारको ताबीज जसले विशेष गरी टर्की संस्कृतिमा नराम्रो नजरबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ र निलो पाना जसले प्रेम, समर्थन, प्रशंसा, खुशी, र उत्साह व्यक्त गर्न प्रयोग गरिने दुई इमोजी राखेकी छिन ।
उनीहरुको मुहारमा सजिएको मुस्कान एकदमै लोभलाग्दो छ ।
प्रियंका आयंकाको जन्मपछि कामको ब्रेकमा रहेकी थिइन । अहिले १० महिना पछि उनले राधा नामक चलचित्रको म्युजिक भिडियोमा खेल्दै कमब्याक गरिसकेकी छिन् ।





























प्रतिक्रिया