सलमान खानले पाए बन्दुक राख्ने अनुमति

सलमान खानले पाए बन्दुक राख्ने अनुमति

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता सलमान खानले आत्मरक्षाका लागि बन्दुक राख्ने अनुमति पाएका छन । 

केही दिनअघि  सलमानलाई ज्यान मार्ने धम्की आएपछि उनले  हतियार राख्न मुम्बई प्रहरीलाई लाइसेन्सको अनुमति मागेका थिए ।  
सलमान र उनका पिता सलिम खान मर्निङ वाकमा निस्किएको बेला एक व्यक्तिले ज्यान मार्ने धम्की दिएपछि हतियार राख्न अनुमति मागेका थिए । 
सलमानले अब भने  मुम्बई प्रहरीबाट हतियार राख्ने अनुमति पाएका छन् । लाइसेन्सको लागि प्रहरीलाई अनुरोध गरेपछि प्रहरीले हतियार लाइसेन्स प्रदान गर्नुअघि सलमानलाई दिइएको भनिएको सुरक्षा चुनौतीबारे अनुसन्धान गरेको थियो ।

गत महिना सलमानले आफू र आफ्नो परिवारको सुरक्षाको लागि बन्दुक चाहिने दाबी गर्दै इजाजतपत्रको लागि मुम्बई प्रहरीलाई भेटेका थिए ।

गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न लरेन्स बिस्नोइ र उनको ग्याङबाट आफूलाई बारम्बार मार्ने धम्की आउने गरेको सलमान बताउछन ।  

आफु र परिवारलाई मार्ने धम्की आईरहेको बेला  प्रहरीबाट हतियार राख्न लाइसेन्स प्रदान गर्ने बिषयमा ढिलासुस्ति भएपछि सलमान खानले केहि दिन अघि मात्र बुलेट प्रुफ कार किनेका थिए ।
 

Logo