दरबारमार्गबाट २ महिला सहित २५ जना व्यापारी पक्राउ

दरबारमार्गबाट २ महिला सहित २५ जना व्यापारी पक्राउ


जुवा खेल्दै गरेका २ महिला सहित २५ व्यापारीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले उनिहरुलाई होटल ल्याण्डमार्कबाट शनिबार राती १ बजे पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्र्रहरी नयाब उपरिक्षक (डिएसपी) तिलक भारतीका अनुसार पक्राउ पर्नेमा दुई महिला उर्मिला थापा र प्रविना शाही रहेका छन् ।

त्यस्तै इश्वर पोखरेल, दिल बहादुर दिङदुङ, सुरेन्द्र सिंह, पष्प खड्की, विजय कुमार कार्की, सुनिल महर्जन, भाइ कुमार महर्जन, साधुराम कडायत रहेका छन् ।

यसैगरि सुदिप शाही, हरिशरण महतो ,विनोद खड्की, सुदिप खड्की, राज सिंह, सुनिल कृष्ण खड्की, कृष्ण लामा, सानु माली, कुमार अधिकारी, निमेश अर्याल, लालकाजी घिसिङ, सानु बाबु घिसिङ, बिजय कुमार तमाङ , राम भक्त तमाङ, सिम्हा यन्जन, राजु तमाङ र अनुज थापा रहेका छन् । उनिहरुसँगै होटलका एक स्टाफ मिन कुमार श्रेष्ठ पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी निरिक्षक देउ प्रसाद लिम्बुको कमाण्डमा खटिएको टोलीले उनिहरुको साथबाट नगद ३ लाख ८९ हजार ५ सय २० रुपैया, एक सय अष्ट्रेलियन डलर र १६ थान कौडा चेक पनि बरामद गरेको छ ।

पक्राउ परेका अधिकांस व्यक्तिहरु ठुला ब्यापारीहरु रहेको प्रहरी स्रोतले जनाएकोे छ । पक्राउ परेका सबै जना विरुद्ध जुवा ऐन अन्र्तगत मुद्दा चलाईने डिएसपी भारतीले बताए ।

Logo