1
1
1
1
1
0
Shares

आज क्रिसमस डे मनाइँदै

1
1
1
1
1
1
1
1

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मदिनको सम्झनामा आइतबार क्रिसमस डे मनाइँदैछ । ​

ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले यो चाड मनाउँछन् । २०२२ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको दिनको अवसरमा सबैको कल्याण होस् भन्ने कामनासहित चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस मनाइन्छ ।

क्रिसमस डे नेपालमा भने वि.सं. २०६३ पछि महासंघले महोत्सवका रूपमा मनाउन थालिएको हो । ​क्रिसमसका अवसरमा पर्यटकीय क्षेत्र ठमेल, पोखरा, सौराहालगायत स्थलमा रमझम देखिएको छ । क्रिसमसको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा दिएको छ ।

प्रकाशित: १० पुष २०७९ ०६:५५ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी