२३औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती मनाइयो

२३औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती मनाइयो


२३औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाले मनाएको छ । आयुर्वेद विकासको आधार जनशक्ति विकास र पूर्वाधार  भन्ने नाराका साथ जिल्लामा भव्य रूपमा धन्वन्तरि जयन्ती मनाइएको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख कृष्णचन्द जोशीको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतको प्रमुख आतिथ्यमा सो कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रमको सुरुवातमै प्रमुख अतिथिदेखि लिएर अन्य सम्पूर्ण सहभागीले पालैपालो पूजा गरेका थिए ।

२०५० सालमा हुम्ला जिल्लामा स्थापना भएको सो कार्यालयले आयुर्वेदिक औषधि मार्फत उपचार गर्ने र सेवाग्राहीलाई सेवा दिँदै आएको छ ।

यसअघि पनि विभिन्न सेवा नि:शुल्क रूपमा सञ्चालन हुँदै आएका थिए भने यसपछि पनि सो कार्यालयले पञ्चकर्म लगायतका सेवा बढाउने भएको प्रमुख जोशीले दाबी गरेका थिए ।

राजनीतिक दलको तर्फबाट नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य जुम्कित लामाले स्वास्थ्य जस्तो सम्मेदनशील क्षेत्रमा सो कार्यालयले उल्लेखनीय काम गर्दै आएको बताइन् । सडक सञ्जालले नछोएको हुम्लामा उत्पादन भएका विभिन्न किसिमका जडीबुटीको भण्डारण गरे पनि स्थानीय स्तरमै औषधि बनाउने माध्यम नहुँदा त्यसको बजारीकरण र औषधि बनाएर सेवा दिने कार्य भएको छैन ।

सिमकोट गाउँपालिका वडा नम्बर ५ का कृष्ण बोहराले बताए । 'आयुर्वेदिक उपचारको विभिन्न विधिलाई प्रयोगमा नल्याउनु र भएका सेवाको उपभोग नहुनु, जिल्लामा उत्पादन भएका जडीबुटीलाई सही सदुपयोग गर्न नसक्नुलगायत प्रचारप्रसारमा कमी हुनु जनचेतनाको कमी जस्तै हो', प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने ।

Logo