आज कतारबाट २६३ जना नेपाली स्वदेश फर्किए, नयाँ उडान तालिका अनिश्चित

आज कतारबाट २६३ जना नेपाली स्वदेश फर्किए, नयाँ उडान तालिका अनिश्चित

केन्द्रबिन्दु
0
Shares

दोहा कतार ।

हिमाली जिल्ला म्याग्दीबाट बैदेशिक रोजगारीको लागि मध्यपूर्वको खाडी राष्ट्र कतार आएकी सुकमाया सुनारको सपना दलालकै कारण टुट्यो । हस्पिटल क्लिनर भनेर नेपालमा १ लाख २० हजार दलालमार्फत म्यानपावरलाई बुझाएर आएकी सुनारलाई कतार आएपछि भने बमोजिमको काम मिलेन ।

कतारमा राम्रो आम्दानी गरेर ८ बर्षकी छोरीको भविष्यमा दियो बाल्ने उनको सपना चकनाचुर भएको छ । सर्त बमोजिमको काम माग गर्दा कम्पनिले नसुनेपछि आएको २ महिनामै काम छोडेर बसेकी उनी ७ महिनामै आफ्नो पैसाले टिकट काटेर स्वदेश फर्किएकी छिन् ।

सपना त कति हो कति नी सर, सोझालाई सबैले भड्खालोमा हाल्दा रहेछन् केन्द्रबिन्दुसँगको भेटमा उनले भनिन् , घर जाने बेलामा छोरीलाई मिठाइ किनीदिने पैसासमेत छैन । ७ महिना बसेर खाली हात जानु पर्दाको पीडा र साहुको ऋणले थिचेको उनको जीवनमा उज्यालो फर्कने आशा समेत उनले मारिन् । उनीसँगै उडेकी हुन् धनकुटाकी गोमा लिम्बु । लिम्बुको पीडा पनि सुनारको भन्दा कम छैन । यि प्रतिनिधी पीडित हुन् ।

कतारबाट आज २८ महिलासहित २६३ जना लिएर उडेको ३० औं सहजिकरण उडानका यात्रुहरु मध्ये अधिकांस कोरोनाका कारण जागिर गुमाएका, बर्षौं काम गरेर पनि कम्पनिले टिकट र बोनस समेत नदिएका पीडितहरु रहेका छन् । करिब साँढे ४ लाख नेपाली कार्यरत कतारमा कोरोनाका कारण जागिर गुमाउनेको पनि संख्या दैनिक बृद्धि भइरहेको छ ।

नेपाल फर्कन पाउँ भनि फाराम भर्नेहरुको संख्या उल्लेख्य रहेको छ । नेपाल प्रस्थान गर्ने यात्रीहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका द्वित्तीय सचिब प्रबिण भट्टराई, तृतीय सचिब तुलसी कोइराला, एनआरएन कतारका अध्यक्ष मोहमद मुक्तदा तथा सल्लाहकार चानक पोखरेल लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कतारबाट कुल ५ हजार ४६५ जनासहित ४६ वटा शव नेपाल पुगिसकेका छन् । नेपाल तथा हिमालयन एयरलाईन्सले संयुक्त रूपमा चार्टर उडान गर्दै आए पनि थप उडान कहिले हुने बारे अनिश्चितता बढेको छ ।

Logo