मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल थालेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएको थियो । समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयले मलेसियामा रहेका नेपालीको अवस्था बुझ्न र उनीहरूलाई उद्धार गर्न पहल गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय गम्भीर भएकोले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्य सचिवमार्फत् निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।


















