- तिलु शर्मा पौडेल
दोहा कतार ।
कतारमा कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए पश्चात र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप दोहाबाट निरन्तर चार्टर बिमान मार्फत सहजिकरण उडान भैरहेका छन ।
गए राति दोहाबाट भएको २४ औं सहजिकरण उडान मार्फत १५१ जना नेपालीहरू स्वदेश उडेका छन् । नेपाल एयरलाइन्स को RA 2392 को उडानबाट ४ बालबालिका र १८ महिलासहित १५१ जना फर्किएको जानकारी नेपाली राजदुतावासका दित्तिय सचिव भुवन प्रसाद भट्टले केन्द्रबिन्दुलाई जानकारी दिएका छन् ।
नेपाल प्रस्थान गर्ने यात्रुहरुको बिदाई तथा सहजिकरणका लागि नेपाली राजदुतावासका तर्फबाट भट्टका साथै तृतिय सचिव अनिसा शर्मा दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । २४ औं उडानसहित कतारबाट कुल ४ हजार १ सय ८९ जना तथा विभिन्न समयमा बिभिन्न कारणले मृत्युवरण गरेका ४४ जना नेपालीको शव नेपाल पुगिसकेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम “कोभिड-१९ का कारणबाट प्रवासमा असहज परिस्थितिमा रहेका नागरिकलाई स्वदेश फर्कन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार उक्त चार्टर उडान भएको हो ।































प्रतिक्रिया