कोरोनाबाट भारतमा मात्र एक हप्तामा २५ नेपालीको मृत्यु

कोरोनाबाट भारतमा मात्र एक हप्तामा २५ नेपालीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गत साता भारतमा मात्रै कोरोनाबाट २५ जना नेपालीको मृत्यु भएको छ । योसँगै कोरोनाबाट विश्वका विभिन्न देशमा १ सय ८९ जना नेपालीको मृत्यु भएको छ ।

एक सातामा भारतमा मात्रै २५ नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जानकारी दिएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार पछिल्लो समय भारतमा सङ्क्रमण बढ्दै जाँदा त्यहाँ रहेका नेपाली पनि प्रभावित हुने क्रम बढेको छ ।

सबैभन्दा धेरै भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित भएका छन् । यस्तै गएको साता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको कोरोनाबाट ज्यान गएको छ ।
साउदी अरबमा दुई जनाको मृत्यु भएको छ ।

Logo