साउदीबाट नेपाल आउँदै हुनुहुन्छ ? यस्तो छ उडान तालिका

साउदीबाट नेपाल आउँदै हुनुहुन्छ ? यस्तो छ उडान तालिका

केन्द्रबिन्दु
0
Shares

के तपाई साउदी अरबमा हुनुहुन्छ ? अनि नेपाल आउने तयारीमा हुनुहुन्छ ? उसो भए तपाईका लागि खुसीको खबर छ ।

नेपालीहरुलाई स्वदेश फर्काउनका लागि उडान तालिका सार्वजनिक भएको छ । नेपाली महावाणिज्यदूतावासको पहलमा साउन साउन १८ गते (अगस्त २)मा उडान सुरु  हुने भएको हो ।

महावाणिज्य दूतावासको प्रेस विज्ञप्ति अनुसार १८ साउनमा हुने उडानका लागि असार २८ गते (१२ जुलाई) मा प्रकाशित नामसूचीअनुसार क्रम संख्या ५०० सम्म हुने जनाएको छ । उक्त उडानमा स्वदेश फर्कन पाउने नेपालीहरुले टिकट काटिसकेपछि मात्र कोरोना परीक्षण गर्न दूतावासले अनुरोध गरेको छ ।

त्यस्तै साउदीको जेद्दाबाट हुने पाँचौं उडानका लागि साउन २४ गतेलाई मिति तोकिएको छ ।  दूतावासले असार २८ गतेको नामअनुरुप क्रम संख्या ५०१ देखि १२९८ सम्म नाम हुनेले टिकटको प्रक्रिया अगाडि बढाउन सुझाव दिएको छ ।

Logo