एनआरएनए अमेरिकाको युवा उपाध्यक्षमा अनुप खनालद्वारा उम्मेदवारी

एनआरएनए अमेरिकाको युवा उपाध्यक्षमा अनुप खनालद्वारा उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको आगामी कार्यकालका लागि बर्तमान कार्यसमितिका सचिव अनुप खनालद्वारा युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। 

‘युवाहरुहरुको बृहत सहभागीता, संस्थाको दिगो सफलता’ भन्ने नारा सहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका  हुन्।  गैरआवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउने क्षमता भएका खनालले गैर आवासीय नेपाली संघ अमेरिकालाई थप उचाइमा पुर्याउन आफूले उम्मेदवारी दिएको बताएका छन्। गफ गर्नलाई होइन काम गर्नलाई आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ। 

वर्तमान कार्यसमितिका सचिव खनालले आफ्नो कामको मुल्यांकन गर्न समस्त अमेरिकावासी नेपालीलाई आग्रह गरेका छन्। नेपाल र नेपाली समुदायको लागि निरन्तर सेवा गर्ने हुटहुटि कायमै रहेको जनाउँदै अबका दिनमा अझ सक्रियता सहित अगाडि बढन खोजेको उनको भनाइ छ। 

Logo