दोहाबाट आज दुई वटा विमान नेपाल तथा हिमालयन एयरलाइन्सले सँगै उडान भरेका छन् । पहिलो चरणको सहजीकरण उडान अन्तर्गत नेपाल एयरलाइन्सले नवौँ तथा हिमालयन एयरलाइन्सले दसौँ सहजीकरण उडान गरेका हुन ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम “कोभिड-१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार उक्त उडान गरिएको हो ।
नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट ४ महिला तथा १४४ पुरुष सहित १४८ जना तथा हिमालयन एयरलाइन्सको H 95632 को उडानबाट १४७ जना गरी २९५ जना नेपाल फर्किएको जानकारी दूतावासका दित्तिय सचिव प्रवीण भट्टराईले दिएका छन् । उनीहरू बिहान ६:३० बजे नेपाल आइपुगिसकेका छन्।
नेपाल प्रस्थान गर्ने यात्रीहरूको यात्रा सहजीकरणको तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। यो सँगै कतारबाट कुल १७७२ जना नेपाल आएका छन् भने ३४ वटा शव यस अघि पठाई सकिएको छ ।
अर्को फ्लाइट नेपाल तथा हिमालयन एयरलाइन्सले आगामी मङ्गलवार राति गर्नेछन ।































प्रतिक्रिया