एनआरएनको केन्द्रीय कोषाध्यक्ष पदमा ठाकुरप्रसाद ढुंगानाकाे उम्मेदवारी घोषणा

एनआरएनको केन्द्रीय कोषाध्यक्ष पदमा ठाकुरप्रसाद ढुंगानाकाे उम्मेदवारी घोषणा

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी निर्वाचनमा केन्द्रीय कोषाध्यक्ष पदमा ठाकुर प्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा हुने एनआरएनए निर्वाचनमा उनले केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

धादिङको नीलकण्ठ नपा.५ खाल्टे घर भई हाल युएईको अवुधावीमा व्यवसाय गरिरहेका ढुंगाना २०११ देखि एनआरएनए अभियानमा सक्रिय छन् । व्यवसाय संगै उनले  परदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीको दुखसुखमा साथ दिँदै आइरहेका छन् । स्थापित पर्यटन व्यवसायीको छवी बनाएका ढुंगाना आर्थिक व्यवस्थापन, श्रोत परिचालन, पारदर्शी आर्थिक प्रणाली तथा लेखा सम्बन्धि बिषयमा  गहिरो ज्ञान राख्दछन् ।

सन् २०१७-१९ र १९-२१ मा आईसिसि सदस्य रहेर काम गरिसकेका  ढुंगानाले २०१७-१९ मा नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘अतिथि देवो भव’ अभियानको समेत  नेतृत्व गरेका थिए । उक्त अभियानमा देशको बारेमा प्रचार गर्दै विश्वभरि पुग्ने क्रममा धेरै साथीभाई कमाएको र‌ सोही उत्प्रेरणाले यो कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको ढुंगानाले जानकारी दिए ।

मलेसिया र मध्यपूर्वका आम श्रमिकको दुःख बुझेको र हरदम सहयोग गर्न तत्पर रहने नेतृत्वका रूपमा एनआरएनए भित्र ढुंगााना चिनिन्छन् ।

आईसिसिको अनुरोधमा २०२१-२३ मा विश्वकै ढोकाको रूपमा रहेको एनआरएनए एनसीसी युएईको कार्यसमितिलाई मिलाउन समेत उनी सफल भए । एनसीसी युएईको समस्या समाधान गर्न उनलाई अध्यक्ष बनाएर आईसिसिले पठाएका थिए । उनले सबै समस्याको समाधान गरी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गराउन आफू सफल भएको ढुंगाानाको भनाई छ ।

मलेसिया र मध्यपूर्वका आम श्रमिकको दुःख बुझेको र हरदम सहयोग गर्न तत्पर रहने नेतृत्वका रूपमा एनआरएनए भित्र ढुंगााना चिनिन्छन् । युरोप अस्ट्रेलिया अमेरिका डायस्पोराका आवश्यकता, गैर आवासीय नागरिकता र  नेपालको विकासमा गैर आवासीय नेपालीहरूको भूमिका सूनिस्चित गर्न पहलकदमी लिने उनले प्रतिवद्धता समेत जनाएका छन् ।

नेपालको आर्थिक उन्नतिका अवरोधहरू त्यसको निराकरण गर्ने विधि र तरिका र गैरआवासीय नेपालीहरूको योगदान र भूमिका विषयमा स्पष्ट भिजनसहित उनले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारीका विषयमा आफ्ना चिनजानका डेलिगेटहरूसामू यो सन्देशलाई पुराईदिन तथा यस निर्वाचनमा आफूलाई जिताउन उनले सबै सदस्यहरुलाई अनुरोध पत्रसमेत पठाएका छन् ।

Logo