युरोपबाट आईसिसि सदस्य भिमसेन थापाद्वारा डिआरसीमा उम्मेदवारी

युरोपबाट आईसिसि सदस्य भिमसेन थापाद्वारा डिआरसीमा उम्मेदवारी


गैरआवासीय नेपाली संघ (एनआरएनए)का आईसिसी सदस्य भिमसेन थापाले एनआरएनएको आगामी एघारौं अधिवेशनमा युरोप उप संयोजक (डिआरसी) मा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनएमा संगठनात्मक परिवर्तन गर्न, युवाहरुलाई एनआरएनमा सहभागी गराउन, संस्थामा ब्यापक परिवर्तन ल्याउन आफूले उम्मेदवारी दिएको थापाले बताएका छन्  । 

एनआरएनएमा अबको आवश्यकता सबै अभियन्ताहरू एकै ठाउँमा रहेर देश विकासको लागी आ–आफ्नो ठाउँबाट योगदान दिनु नै रहेको पोर्चुगल निवासी थापाले बताए । थापा पोर्चुगलका सफल व्यावसायी र समाजसेवी पनि हुन । उनले हस्पिटालिटी क्षेत्र, कृषि क्षेत्र र कन्स्ट्रक्सन क्षेत्रमा युरोप र नेपालमा ठुलो लगानी गरेका छन । एनआरएन एनसिसी पोर्चुगलको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै हाल थापा आईसीसी सदस्य भएर सामाजिक कार्यसँगै आफ्नो व्यवसाय गरिरहेका छन । 

उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाई प्रवासमा रहेका नेपालीहरुको हक हितमा कार्य गर्न आफ्नो उम्मेदवारी दिएको बताए । थापाले आफु केही लिन नभई यस अभियानमा दिनको लागी आएकाले आफ्नो अभियानमा साथ दिन समस्त युरोपवासी नेपाली र एनआरएनए अभियन्ताहरूलाई साथ र समर्थनको लागी अनुरोध गरेका छन ।

उनले आफु निर्वाचित भएमा सबै युरोपवासीहरुको सल्लाह सुझाव लिएर अगाडि बढ्ने जनाउदै डिआरसी पदको लागि आफू उचित उम्मेदवार भएको बताए । थापाले आफुलाई साथ दिन सबै युरोपवासी नेपाली र अभियन्तालाई आग्रह गर्दै आफूलाई काम गर्ने अवसर दिन आग्रह गरे । उनले समस्त युरोपवासी गैर आवासीय नेपालीहरुबाट अमुल्य सुझाब ,सल्लाहको आशा गर्दै आफु बिजय भएपछी पोर्चुगल लगायत युरोपको विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको सेवामा समर्पित रहने प्रण गरेका छन ।

Logo