लोकगायिका देविका केसी (देवकी खत्री गुरुङ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । परिषदको आगामी अक्टोबर १७-१९ मा हुने निर्वाचनमा केसीले महिला संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएकी हुन् ।
एनआरएनए एनसिसी कतारको उपाध्यक्षपछि हाल क्यानडालाई कर्मथलो बनाएकी केसीले प्रवासमा लोक सङ्गितको माध्यमबाट नेपाली कला संस्कृति प्रवर्द्दनमा महत्वपूर्ण भूमिका खेल्दै आएकी छन् ।
एनआरएनएले संचालन गरेका विभिन्न परियोजनाहरुमा सक्रिय सहभागि भएर काम गरेकी केसी नेपाली समुदायले गर्ने हरेक जसो कार्यक्रममा मनोरन्जन दिन पुग्ने गरेकी छन । विदेशमा बस्ने नेपाली महिला दिदीबहिनीहरुलाई जागृत गर्दै आएकी केसी डायस्पोरामा गायिका संगै सामाजिक अभियन्ताका रुपमा चर्चा कमाएकी महिला अभियन्ता पनि हुन् ।
लामो समयबाट विदेशमा रहेका महिला दिदीबहिनीहरुका सुख, दुःखको साक्षी र एनआरएनए अभियानलाई नजिकबाट बुझेकोले महिला संयोजकमा आफू उपयुक्त व्यक्ति भएकोले उम्मेदवारी दिएको बताउँछिन् ।
उम्मेदवारी घोषणा गर्दै केसीले भनेकी छन्- 'विदेशमा हाम्रो मौलिक लोक गीत र संस्कृतीको सम्बर्दन गर्दै हाम्रो दोश्रो पुस्तालाई भाषा, संस्कृती हस्तान्तरणको लागी सशक्त भूमिकामा उभ्याउने प्रण गर्ने छु भने हामी महिला दिदीबहिनीहरुको बुलन्द आवाज बनेर गुन्जने प्रतिबद्धता गर्ने छु।'





























प्रतिक्रिया