‘प्रविधिमैत्री एनआरएनएमा शुद्धीकरण र आर्थिक पारदर्शिताका लागि मेरो उम्मेदवारी’

‘प्रविधिमैत्री एनआरएनएमा शुद्धीकरण र आर्थिक पारदर्शिताका लागि मेरो उम्मेदवारी’

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि खुला उपाध्यक्ष पदका आकांक्षी राजु रेग्मी ‘राज’ले संस्थाको शुद्धीकरण र आर्थिक पारदर्शितालाई प्रमुख एजेन्डाका रूपमा अघि सारेकाे बताएका छन्। 

‘संस्थाको शुद्धीकरण, भावनात्मक एकताः एनआरएनएभित्र आर्थिक पारदर्शिता’ भन्ने मुद्दामा सबैको साथ पाएको उनले बताएका हुन्। उनले युरोप र मध्यपूर्व क्षेत्रमा बस्ने अभियन्तामाझ आफ्नो पक्षमा समर्थन जुटेको बताउँदै उपाध्यक्षका रूपमा आफ्ना एजेन्डा अगाडि सार्दै सल्लाह सुझावसमेत लिएको बताए।

समृद्ध नेपालका लागि पर्यटन प्रवद्र्धन, सुरक्षित वैदेशिक रोजगार, प्रविधिमैत्री एनआरएनएलगायत अन्य एजेन्डाहरू अगाडि ल्याएका कतारका युवा व्यवसायी रेग्मीले ‘महिला र नयाँ पुस्ताको सशक्तीकरण एनआरएनएमा रूपान्तरण’, ‘समृद्ध नेपालका आधार, नागरिकता र मताधिकार’, प्राविधिक शिक्षा, युवा स्वरोजगार, नेपाली कला संस्कृतिको प्रवद्र्धन तथा जगेर्नालगायतका विषयलाई पनि प्राथमिकता दिएका छन्। सन् २००९ बाट आफ्नो व्यवसाय सुरु गरेका उनी कतारका उत्कृष्ट नेपाली व्यवसायीमध्येका एक हुन्।

अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुन लागेको संघको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा विश्वका ८० बढी देशबाट झण्डै ४२ सय एनआरएन प्रतिनिधिले ‘अनलाइन’मार्फत भोट हाल्दै छन्।

Logo