एनआरएनए निर्वाचनः मतदान सकिएको आधा घण्टामा नतिजा सार्वजनिक गरिने

एनआरएनए निर्वाचनः मतदान सकिएको आधा घण्टामा नतिजा सार्वजनिक गरिने

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन समितिका सदस्य चिरञ्जीवि ढकालले निर्वाचन प्रक्रिया सहजरुपमा अघि बढी रहेको जानकारी दिएका छन् । 

एनआरएनएको सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सदस्य ढकालले अहिले सहज तरिकाले मनोयनको काम जारी रहेको जानकारी दिएका हुन् । नेपाली समय अनुसार सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको जानकारी दिँदै ढकालले कम्तिमा निर्वाचित हुने पद भन्दा दोब्बर उम्मेदवारी दर्ता हुने अनुमान गरे । 

सोमबारको उम्मेदवारी दर्ता होटेल सोल्टीमा हुने पनि उनले जानकारी दिए । अहिलेसम्म एनआरएनको अध्यक्षमा आरके शर्माले मात्रै उम्मेदवारी दर्ता गराएको बताउँदै समय बाँकी नै रहेकाले अरुले पनि तयारी गरिरहेको थाहा आफूले पाएको ढकालको भनाई छ । हिजो १४ तारिखदेखि उम्मेदवारी दर्ताको चाप बढेको जानकारी दिँदै आज १५ तारिखका दिन अत्याधिक चाप रहेको उनले बताए । 

१९ तारिख होटेल सोल्टीमा हुने निर्वाचन सम्पन्न भएको आधादेखि १ घण्टाको समयमा मत परिणाम सार्वजनिक हुने पनि जानकारी दिए । उम्मेदवारले प्रस्तावक र समर्थक भेट्न मुस्किल परेको विषयमा सञ्चारकर्मीले जिज्ञाषा राख्दा आफूहरुको मूल उद्देश्यनै धेरै भन्दा धेरै एनआरएनहरुलाई काठमाडौं बोलाउने रहेको बताए । 

सन् २००३ मा एनआरएन गठन हुँदा संस्थापक सचिव समेत रहेका ढकालले अहिले अनलाइन मतदान भएका कारण थोरै मानिसहरु नेपाल आउने भएकाले प्रस्तावक र समर्थक दुई दुई जना राखिएको बताए । 

उनले भने कम्तिमा १ जना उम्मेदवार बन्दा ५ जना अनिवार्य उपस्थित हुनु पर्ने भएकाले यसले नेपाल आउनेको संख्या पनि बढ्ने बताए । यस्तै, सधैं दशैंको बेला नेपालमा अधिवेशन आयोजना गर्नु भनेको नेपालीले मनाउने सबैभन्दा ठूलो चाड दशैंका बेला नेपाल आउन पाउने भएकाले यस्तो गरिएको पनि सदस्य ढकालले जानकारी दिए ।

Skip This
Skip This
Logo