एनआरएनए महासचिवमा बुद्धिसागर सुवेदीद्वारा उम्मेदवारी दर्ता, ‘परिणाममुखी काम नै पहिलो प्राथमिकता’

एनआरएनए महासचिवमा बुद्धिसागर सुवेदीद्वारा उम्मेदवारी दर्ता, ‘परिणाममुखी काम नै पहिलो प्राथमिकता’

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए)को महासचिव पदमा बुद्धिसागर सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । आज महाधिवेशनस्थल होटेल सोल्टीमा पुगेर उनले अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठसँगै उम्मेदवारी दर्ता गराएका हुन् । 

उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै सुवेदीले चुस्त, दुरुस्त र परिणाममुखी काम नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले भने, 'हामी सबैको संस्था हो भन्ने भावनामा जोड्न चाहन्छौं र यो संस्थालाई एकताको भावनाका साथ अघि बढ्न चाहन्छौं र हामीले सबैको भावना बुझेर भोलीको दिनमा काम गर्नेछौं ।' 

उनले थपे,'महेश कुमार श्रेष्ठ सबैलाई मिलाएर लैजान सक्ने, मृदुभाषी र हिजोको दिनमा उहाँले गरेका कामको इतिहासलाई हेर्दा पनि अबको अध्यक्ष महेश कुमार श्रेष्ठ नै हुनुहुनेछ र उहाँको नेतृत्वमा हामी सबै बिजयी हुनेछौं भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।'

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११औं महाधिवेशन तथा विश्व सम्मेलन अक्टोबर १७ अर्थात् मंगलबारबाट काठमाडौंको सोल्टी होटलमा सुरु हुँदैछ । अक्टोबर २० तारिखसम्म चल्ने महाधिवेशनले आगामी दुई बर्षे (२०२३–२०२५) कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । विश्वभरका ४२ सय एनआरएनए प्रतिनिधिहरुले अनलाईन तथा महाधिवेशन स्थलमा भौतिक रुपमा मतदान गरी नयाँ नेतृत्व चयन गर्नेछन् ।

Skip This
Skip This
Logo