एनआरएनए कोषाध्यक्षमा किन जित्नुपर्छ ठाकुर प्रसाद ढुंगानाले ?

एनआरएनए कोषाध्यक्षमा किन जित्नुपर्छ ठाकुर प्रसाद ढुंगानाले ?

केन्द्रबिन्दु
0
Shares

गैर आवासीय नेपाली संघ (एनआरएन)को आगामी निर्वाचनमा केन्द्रीय कोषाध्यक्ष पदका लागि ठाकुरप्रसाद ढुंगाना चुनावी मैदानमा छन् । टिम महेशबाट उनी काठमाडौंमा जारी एनआरएनको ११औं महाधिवेशनमा कोषाध्यक्ष पदका लागि चुनावमा होमिएका हुन् । आफूले एनआरएनए अभियानमा गरेका काम र अनुभवलाई थप उचाईमा पुर्याउनका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको ढुंगाना बताउँछन् । 

को हुन् ढुंगाना ?

धादिङको नीलकण्ठ नगरपालिका -५ खाल्टे हाल युएईको अवुधावी व्यवसाय गरिरहेका उनी २०११ देखि एनआरएनए अभियानमा सक्रिय छन् । उनी परदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीको दुखसुखमा हरदम साथ दिँदै आइरहेका छन् । स्थापित पर्यटन व्यवसायीको छवी बनाएका उनी आर्थिक व्यवस्थापन, श्रोत परिचालन, पारदर्शी आर्थिक प्रणाली तथा लेखासम्बन्धी गहिरो ज्ञान राख्छन् ।

‘एनआरएनएमा आर्थिक पारदर्शिता र श्रमिकमैत्री कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राख्नेछु ।’

दुई कार्यकाल आइसिसि सदस्य र एक कार्यकाल एनआरएनए युएईको अध्यक्ष भएर एनआरएनए अभियानमा निखारिएका ढुंगाना विश्वमा गैरआवासीय नेपाली माझ परिचित छन् ।

No photo description available.

उनी २०१७-१९ र २०१९-२१ मा आईसिसि सदस्य रहेर काम गरेकोमा २०१७-१९ मा नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘अतिथि देवो भव’ अभियानको समेत उनले नेतृत्व गरेका थिए । आईसिसिको अनुरोधमा २०२१-२३ मा विश्वकै ढोकाको रूपमा रहेको एनआरएनए एनसीसी युएईको कार्यसमितिलाई मिलाउन समेत उनी सफल भए । एनसीसी युएईको समस्या समाधान गर्न उनलाई अध्यक्ष बनाएर आईसिसिले पठाएका थिए । उनले सबै समस्याको समाधान गरी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गराउन सफल भएका थिए । 

दुई कार्यकाल आइसिसि सदस्य र एक कार्यकाल एनआरएनए युएईको अध्यक्ष भएर एनआरएनए अभियानमा निखारिएका ढुंगाना विश्वमा गैरआवासीय नेपाली माझ परिचित छन् ।

मलेसिया र मध्यपूर्वका आम श्रमिकको दुःख बुझेको र हरदम सहयोग गर्न तत्पर रहने नेतृत्वका रूपमा एनआरएनएभित्र ढुंगाना चिनिन्छन् । पर्यटन तथा ट्राभल्स क्षेत्रमा व्यवसाय गरिरहेका उनको युएई तथा नेपालका धेरै क्षेत्रमा लगानी छ । 

कोषाध्यक्ष पदमा ढुंगानाकै उम्मेदवारी किन ?

एनआरएनए अभियानमा आम श्रमिकलाई वैकल्पिक स्रोत जुटाएर समेट्ने ढुंगानाको योजना छ ।

एनआरएनएको मर्म र विधिविधान अनुसार आफ्नो जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहेको जानकारी दिँदै ढुंगानाले एनआरएनएमा आर्थिक पारदर्शिता र श्रमिकमैत्री कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राख्ने जनाएका छन् । ‘एनआरएनएको मर्म र विधिविधानअनुसार आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छु’, घोषणापत्र सार्वजनिक गर्दै उनले भनेका थिए ,‘एनआरएनएमा आर्थिक पारदर्शिता र श्रमिकमैत्री कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राख्नेछु ।’

एनआरएनए अभियानमा आम श्रमिकलाई वैकल्पिक स्रोत जुटाएर समेट्ने ढुंगानाको योजना छ । ‘अतिथि देवो भव’ अभियानमा देशको बारेमा प्रचार गर्दै विश्वभरि पुग्ने क्रममा धेरै साथीभाई कमाएको र‌ उनीहरूको उत्प्रेरणाले यो उम्मेदवारी दिएको उनी बताउँछन् ।

Logo