गैरआवासीय नेपाली संघको २०२३-२५ कार्यकालका लागि अध्यक्ष पदकी उम्मेदवार रविना थापाले अध्यक्ष पदका अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन्। बुधबार बेलुकी एक प्रेस वक्तव्य जारी गर्दै थापाले संघलाई एकताबद्ध गर्न आफूले फिर्ता लिएकाे जनाएकी हुन्।
‘अध्यक्ष पदका उम्मेदवार श्री महेश कुमार श्रेष्ठले आफू निर्वाचित भएको तीन महिनाभित्रै संघलाई एकताबद्ध गर्ने स्पष्ट कार्य योजना अगाडी सार्नु भएकोले म त्यसको स्वागत र समर्थन गर्दछु। संघभित्र एकता पक्षधर बलियो बन्नु भनेको संघलाई नै बलियो बनाउनु हो। त्यसैले मैले अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु,‘उनले वक्तव्यमा भनेकी छन्।
थापाले वर्तमान उपाध्यक्ष श्रेष्ठले आफू निर्वाचित भएको तीन महिनाभित्रै संघलाई एकतावद्ध गर्ने स्पष्ट कार्य योजना अगाडि सारेकाले त्यसको स्वागत र समर्थन गरेकाे उनले बताइन्।































प्रतिक्रिया