एनआरएनए अध्यक्षमा किन जित्नुपर्छ महेश कुमार श्रेष्ठले ?

एनआरएनए अध्यक्षमा किन जित्नुपर्छ महेश कुमार श्रेष्ठले ?

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएन)को २०२३-२५ कार्यकालको अध्यक्ष पदका लागि महेशकुमार श्रेष्ठ चुनावी मैदानमा होमिएका छन् । हालका उपाध्यक्षसमेत रहेका श्रेष्ठ काठमाडौंमा जारी एनआरएनको ११औं महाधिवेशनमा अध्यक्ष पदका लागि  ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित चुनावी मैदानमा उत्रिएका हुन् । यसैबीच अध्यक्ष पदकी अर्की उम्मेदवार रविना थापाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै श्रेष्ठलाई समर्थन गरेकी छन् । अध्यक्ष पदका लागि बलियो प्रत्यासी रहेका श्रेष्ठ यस कदमले झन् उनको पक्षमा माहोल बनेको छ ।

को हुन् महेशकुमार श्रेष्ठ ?

गैरआवासीय नेपालीमाझ नौलो नाम होइन, महेशकुमार श्रेष्ठ । जापानलाई मुकाम बनाएर उनले व्यवसायिक छलाङ मात्र मारेका छैनन्, विश्वभरका नेपालीमाझ अभिन्न रुपमा जोडिएका पनि छन् । 

कुश्मामा हुर्की बढेका उनी कर्मथलो खोज्दै जापान उडेका थिए । त्यसैलाई आधारभूमी बनाएर उनले अर्थोपार्जन मात्र गरेनन्, आफ्नो मुलुकको लागि खास योगदान दिइरहेका छन् ।

सन् २००३ देखि एनआरएनएसँग आबद्ध उनी जापानबाट राष्ट्रिय समन्वय परिषदको संस्थापक, संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषध्यक्ष हुँदै अहिले उपध्याक्षको जिम्मेवारीमा छन् । गैर आवासीय नेपाली संघको ११औं महाधिवेशनमा आफ्नो उम्मेदवारी दिँदै गर्दा उनको नारा छ, ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ । 

No photo description available.

बाग्लुङमा जन्मिएका, कुश्मामा हुर्की बढेका उनी कर्मथलो खोज्दै जापान उडेका थिए । त्यसैलाई आधारभूमी बनाएर उनले अर्थोपार्जन मात्र गरेनन्, आफ्नो मुलुकको लागि खास योगदान दिइरहेका छन् । खासगरी रेमिटेन्स, सूचना प्रविधि, पर्यटन, वित्तिय क्षेत्रमा उनले गरेका काम र लगानी उल्लेख्य छन् । पछिल्लो समय उनी कृषिकर्ममा जोडिएका छन् । विदेशमा सिकेका र अनुभव गरेका कृषि प्रणालीलाई नेपालमा पनि अभ्यास गर्ने योजनामा छन् ।

श्रेष्ठको जीवनलाई लेखाजोखा गर्ने दुई पाटो छन् । एक, व्यवसायिक जीवन । दुई, संस्थागत नेतृत्व । विद्यार्थी कालमै राजनीतिमा जोडिएका उनी कसरी विदेश पुगें ? कसरी व्यवसायिक यात्रामा जोडिए ? अनि कसरी विश्वभरका नेपालीमाझ आफ्नो फराकिलो चिनारी बनाए ? कथा चाखलाग्दो मात्र होइन प्रेरक पनि छ । 

पर्वतको धरातलबाट 
श्रेष्ठको जन्मथलो, बाग्लुङ । तर, बुवाको जागिरको सिलसिलामा उनी पर्वत (कुश्मा) पुगे । उनको बाल्यकाल त्यही बित्यो । त्यही पढे, हुर्के र एलएलसी दिए । पढाईमा उनी सानैदेखि अब्बल । विद्यालयकै मिहेनती र मेधावी विद्यार्थीमा गनिन्थे । एसएलसीपछि पोखराको पश्चिमाञ्चल क्याम्पसबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ गरे । क्याम्पस जीवनमै उनी राजनीतिमा प्रवेश गरे र नेपाल विद्यार्थी संघको अध्यक्षसमेत बने । 

पोखरापछि उनी काठमाडौं आए । काठमाडौं नगरपालिकाले जागिरका लागि आवेदन खुलाएको थियो । उनी त्यसमा भिडे । आवेदन दिने त धेरै थिए, तर उनीमात्र छनौट भए । त्यसबेला काठमाडौं नगरपालिकाका मेयर पिएल सिंह थिए । त्यहाँ श्रेष्ठले दुई बर्ष काम गरे । अनि पढाईलाई जारी राख्न जापान गए । यो तीस बर्षअघिको कुरा हो । 

जापानमा उनले मानवशास्त्रमा स्नातकोत्तर गरे । पढाईका साथसाथै उनले रेष्टुरेन्ट व्यवसायमा हात हाले । त्यसबेला जापानमा नेपाली रेष्टुरेन्ट अहिले जस्तो थिएन । इन्डियन रेष्टुरेन्ट भर्खर भर्खर सुरु भएको थियो । नेपाली मेनु पस्कने रेष्टुरेन्टबाट राम्रै फलिफाप भयो । उनले ‘संगम’ नामको रेष्टुरेन्टलाई विस्तार गर्दै सात वटासम्म पुर्याए । 

त्यसबेला जापानबाट नेपालमा पैसा पठाउनका लागि व्यवस्थित र बैधानिक बाटो थिएन । सबैले हुन्डिमार्फत पैसा पठाउँथे । अनि, श्रेष्ठले वैधानिक बाटो पहिल्याए ।

रेमिट्यान्स भित्र्याउन पहल  
त्यसबेला जापानबाट नेपालमा पैसा पठाउनका लागि व्यवस्थित र बैधानिक बाटो थिएन । सबैले हुन्डिमार्फत पैसा पठाउँथे । त्यो चाहेर भन्दा पनि बाध्यताले थियो । त्यहाँबाट कसरी वैधानिक माध्यामबाट नेपालमा पैसा पठाउने ? यसैको खोजीमा श्रेष्ठले पाँच बर्ष बिताए । विभिन्न माध्याम खोज्ने, अध्ययन गर्ने क्रममा समय लाग्यो । बर्षौ बर्ष बैंक धाए । त्यसबेला बैंकबाहेक अरुले यस्तो कारोबार गरेको थिएन । आखिरमा एक ब्राजिलियन बैंकको सहायतामा उनले यसको वैधानिक बाटो पहिल्याए । त्यसबेला सिटी एक्सप्रेस भर्खरै खुलेको थियो । सिटी एक्सप्रेसलाई सो बैंकसँग जोडेर बैधानिक बाटोबाट नेपालमा पैसा पठाउने प्रबन्धको दीगो व्यवस्था मिलाइदिए । 

अहिले सिटी एक्सप्रेस नेपालमा बैधानिक रेमिटेन्स भित्र्याउनेमा दोस्रो नम्बरमा छ । आइएमई पहिलो छ । प्रतिशतको हिसाबले आइएमईको हिस्सा ३० प्रतिशत छ, हाम्रो २३ प्रतिशत । तर, तेस्रोको दश प्रतिशत मात्र हिस्सा छ । सन् २०१० बाट भने सामान्य कम्पनीलाई पनि यसका लागि लाइसेन्स दिन सुरु भयो । त्यसपछि उनी स्वयम्ले लाइसेन्स लिए । अनि रेष्टुरेन्ट व्यवसायमा भन्दा उनी रेमिटेन्स कम्पनीमा बढी केन्द्रित भए । 

न्युजिल्यान्डमा खेती 
न्युजिल्यान्डमा उनका एक साथी थिए, किवी खेतीको विज्ञ । उनै साथीले किवी खेती गर्ने योजना बनाए । त्यो किवी अहिले हामीकहाँ भएको भन्दा फरक हुन्छ, जसलाई सन गोल्ड किवी भनिन्छ । असाध्यै मीठो, असाध्यै महंगो । यसका लागि निश्चित हावापानी, जमिनको जरुरी हुन्छ । यस प्रजातिको किवी खेती गर्न प्याटेन्ट राइट लिनुपर्छ, प्रति हेक्टर सात करोड रुपैयाँमा । 

न्युजिल्यान्डमा श्रेष्ठले १५ हेक्टर जग्गामा किवी खेती गरिरहेका छन् ।

यसमा बिरुवा, प्राविधिक सहयोग उनीहरुले नै दिन्छ । किवी उत्पादन भएपछि खरिद पनि उनीहरुले नै गर्छ । साथीले यस्तै किवी उत्पादन गर्नका लागि ठूलो फार्म हाउस सञ्चालन गर्दै थिए, त्यसैमा जोडिए श्रेष्ठ पनि ।  

न्यूजिल्यान्डमा यो खेतीपाती सफल भएपछि जापानमा पनि विस्तार गर्ने निधो गरे । जापानको एउटा गाउँमा बुढापाकाहरु मात्र बसोबास गर्ने रहेछन् । उनीहरु सबै ८० बर्ष भन्दा माथिका । त्यहाँ खेतीपाती गर्न नसक्ने भएपछि आफ्नो जग्गालाई भूमी बैंकमा राख्न पाइन्छ । यसरी फरक फरक किसानले भूमी बैंकमा जम्मा गरेको जग्गा कसैले भाडामा लिएर खेती गर्न सक्छन् । श्रेष्ठले यस्तै जग्गा भाडामा लिए र किवी खेती गरे । अहिले त्यहाँ १५ हेक्टर जग्गाबाट किवी उत्पादन भइरहेको छ । 

विदेशको सीप र पूँजी, मातृभूमीमा लगानी 
विदेशमा उद्यम व्यवसाय गर्दा होस् वा खेतीपाती, धेरै अनुभव, ज्ञान र सीप आर्जन हुने नै भयो । श्रेष्ठका अनुसार यसरी आर्जन गरेको अनुभव, ज्ञान र सीपलाई स्वदेशमा पनि अभ्यास गर्न सकिन्छ । अहिले उनी नेपालमा पनि यसरी नै वृहत ढंगले व्यवसायिक खेती गर्नेबारे गृहकार्यमा छन् । 

खासगरी विदेशकै मोडलमा नेपालको पहाडी भेगमा उन्नत र आधुनिक खेती गर्नका लागि उनी निरन्तर पहलमा छन् ।  त्यसो त उनले यसअघि पनि विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । देशको पर्यटन, जलविद्युतमा, रेमिट्यान्स, वित्तिय संस्था आदिमा उनको खास लगानी छ । पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने कालीगण्डकीको खोंचमा रहेको पुलमा सञ्चालित बन्जी जम्प उनकै प्रयासमा संभव भएको हो । यो विश्वकै दोस्रो ठूलो बन्जी जम्प परियोजना मानिन्छ । 

व्यवसायिक यात्रा 
रेष्टुरेन्टबाट सुरु गरेको उनको व्यवसायिक यात्रा रेमिट्यान्स, पर्यटन, जलविद्युत हुँदै कृषिसम्म फैलिएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेड र टेनन कम्पनी लिमिटेड जापानका अध्यक्ष एवं सिइओ हुन् । विकी फल उत्पादन र बजारीकरणमा सक्रिय जेएनएन कृषि कम्पनी पनि उनैले हाँकेका छन् । सिटी ट्राभल एन्ड टुर कम्पनी लिमिटेड जापान र सीआई मानव संसाधन कम्पनी लिमिटेड जापानका निर्देशक हुन् । जलविद्युतसँगै भौतिक पूर्वाधार निर्माणमा समेत उनको लगानी छ । हिमालयन पावर पार्टनर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलोपमेन्ट लिमिट्ेड र एनआएन नेपाल विकास कोस लिमिटेडका उनी निर्देशक हुन् । नेपालमा उनले सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिी, सिटी एक्सप्रेस म्यानेजमेन्ट प्रालि, सिटी टेक –आइटी ) प्रालि, सिटी इन्भेष्टमेन्ट फन्ड प्रालि, सिटी एक्सप्रेस सेभिङ एन्ड क्रेडिट को अपरेटिभ लिमिटेडमा साझेदारी गरिरहेका छन् । 

एनआरएनएको नेतृत्वमा रहेर श्रेष्ठ यस्तो केही काम गर्न चाहन्छन्, जसले विगतमा यसले धमिल्याएका छवी मेटाउन सकोस् । 

 

अध्यक्ष पदमा श्रेष्ठकै उम्मेदवारी किन ?

विभिन्न तथ्यांकलाई केलाउँदा थाहा हुन्छ, लगभग ६० लाख नेपाली विदेशमा छन् । यो भारतबाहेकको संख्या हो । यत्तिका संख्यामा रहेका नेपालीहरुलाई कसरी एकढिक्का बनाएर स्वदेशको माटोसँग कसरी जोड्ने ? श्रेष्ठसँग ठोस योजना छ । त्यसैले त उनी एनआरएनएको नेतृत्वमा रहेर यस्तो केही काम गर्न चाहन्छन्, जसले विगतमा यसले धमिल्याएका छवी मेटाउन सकोस् । 

‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका श्रेष्ठले ‘सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए’ बनाउने आफ्नो प्रमुख उद्देश्य र सर्वोच्च प्राथमिकता हुने बताएका छन् । 

दुईवर्षे कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने मात्र होइन, गैरआवासीय नेपालीहरुको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरू गरिएको १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने उनको योजना छ । यसैबीच अर्थतन्त्र मजबुत बनाउने सवालमा दीर्घकालिन योजना र महत्वाकांक्षी सपनाहरु देख्नुपर्छ भन्ने मान्यता अनुरुप सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब डलरको बनाउन एउटा स्पष्ट खाकासहित संघले नेपाल सरकार तथा नेपालको निजी क्षेत्रसँग सहकार्य गर्ने पनि उनको प्रतिवद्धता छ । 

संस्था स्थापनादेखि नै प्रवासी नेपालीहरुको मुद्दामा सक्रियतापूर्वक काम गरेको उल्लेख गर्दै उनले विदेशमा आर्जन गरेको ज्ञान, सिप, प्रविधि र पुँजीलाई स्वदेशको विकास र समृद्धिका लागि उपयोग गर्न नेपाल सरकारसंग सहकार्य गरी श्रम तथा सिप बैंक स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । 

सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब डलरको बनाउन एउटा स्पष्ट खाकासहित संघले नेपाल सरकार तथा नेपालको निजी क्षेत्रसँग सहकार्य गर्ने पनि उनको प्रतिवद्धता छ । 

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्‍याउने व्यवस्था मिलाउन पहल गर्ने, श्रम स्वीकृति नलिइ वा श्रम स्वीकृतिको अवधि समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले पनि राहत रकम पाउने व्यवस्था मिलाउने उनको याजना छ । 

May be an image of 8 people

 ‘एक एनसीसी, एक परियोजना’ लाई एनआरएनए फाउन्डेसनमार्फत एकीकृत रुपमा अघि बढाउने, परराष्ट्र मन्त्रालयमा एनआरएनए विभाग स्थापनाका लागि पहल गर्ने साथै राष्ट्रिय समन्वय परिषद् .एनसीसी)का अध्यक्षहरूलाई नेपाल सरकारको अवैतनिक वाणिज्य दूतको रुपमा मान्यता दिन नेपाल सरकारसँग पहल गर्ने उनको प्रतिवद्धता छ । 

त्यस्तै, आफ्नो दुई वर्षे कार्यकालमा स्थायी वासिन्दा (पीआर) भई विदेशमा बसेका नेपालीहरुका सम्वन्धमा संविधानको धारा २९१ मा राखिएको विभेदकारी प्रावधान संशोधनका लागि पहल गर्ने र एनआरएनएको लामो समयको पहलपछि गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने अवसर मिलिरहेकाले सोलाई कार्यान्वयनमा सहज बनाउन पहल गर्नुका साथै गैरआवासीय नेपालीहरु तथा भूपू गोर्खाहरुको वंशजको नागरिकताको निरन्तरताको लागि पहल गर्ने पनि उनले प्रतिवद्धता जनाएका छन् । गैर आवासीय नेपाली मात्र होइन, श्रम गन्तव्य पहिल्याउँदै विश्वभर पुगेका नेपालीहरुको हक–हितका लागि पनि केही गर्नुपर्छ भन्ने स्पष्ट योजनासहित अगाडि बढेका श्रेष्ठ विदेशमा रहेका नेपालीका लागि अभिभावक संस्थाको रुपमा एनआरएनएलाई स्थापित गर्न लागिपरेका छन् । साथै विदेशमा नेपालीले गरेको आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई स्वदेशको हित र उन्नतीमा कसरी लगानी गर्ने भन्ने उनीसँग कार्ययोजना पनि छ । 

‘एकताबद्ध, परिणाममुखी र पारदर्शितासहितको प्रभावकारी एनआरएनका लागि मेरो नेतृत्व’ -महेश कुमार श्रेष्ठ

Logo