विदेशमा अलपत्र ८ हजार ८३२ नेपाली स्वदेश आए, आज १२ सय आउँदै

विदेशमा अलपत्र ८ हजार ८३२ नेपाली स्वदेश आए, आज १२ सय आउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा गरेसँगै विदेशमा अलपत्र परेका नेपालीको उद्धार कार्य जारी राखेको छ । गत जुन ५ तारिखदेखि अलपत्र नेपालीहरुलाई उद्धार शुरु गरिएको हो । त्यस यता अहिलेसम्म मलेसियाबाट ५२८ जना, युएईबाट १ हजार ५ सय ५७, कुवेतबाट १ हजार २ सय २८ जना नेपाली फर्किएका छन् । जापानबाट २६७ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्माबाट ३६ जना र अस्ट्रेलियाबाट २६९ जनाको उद्धार गरिएको हो ।

यस्तै बङ्गलादेशबाट ८१५ जना, ओमानबाट ३१३, माल्दिभ्सबाट ६०४, कम्बोडिया र सिङ्गापुरबाट १४६ जना र थाइल्यान्डबाट ३३८ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ६१८, श्रीलङ्काबाट पाँच, साउदी अरबबाट ५५० र दक्षिण कोरियाबाट २२८ जना नेपाल फर्किएका छन् । यी लगायत अन्य बाँकी विभिन्न मुलुकबाट गरी ८ हजार ८ सय ३२ जना अलपत्र तथा नेपाल आउन चाहने नेपाली नागरिकको उद्धार गरिसकिएको छ ।

सरकारले दैनिक १० देखि १५ वटासम्म अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान गरिरहेको छ । यसका साथै कार्गो उडान पनि गरिरहेको छ । यसरी उडानबाट आउनेहरु मध्ये अधिकांश विदेशमा अलपत्र परेका नेपाली छन् । यसअघि यही असार ५ गते पनि एकैदिन अन्तर्राष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएका थिए । विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेका छन् ।

त्यस्तै, विदेशमा निधन भएका नेपालीको शवसमेत नेपाल ल्याउनेक्रम शुरु भएको छ । सिसिएमसिका अनुसार लकडाउनको अवधिमा विदेशमा विभिन्न कारणले मृत्यु भएकामध्ये ९५ जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि असार ७ गतेसम्ममा ती शव नेपाल ल्याइएको छ ।

सरकारले लकडाउनको समयमा विभिन्न देशमा रहेका नेपालीहरुलाई दुतावास मार्फत सम्पर्क गरी स्वदेश फर्काउने काम गरिरहेको छ । सोही क्रममा आज पनि ६ वटा देशहरुमा १ हजार २३१ जना नेपाली स्वदेश फर्किन लागेका छन् । आज युएइ बाट ३४७ जना, कतारबाट ३०८ जना, कुवेतबाट १५८ जना, बेलायतबाट १५८ जना जापानबाट २६० जना नेपाल आउने त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसि बताए ।

उनका अनुसार युएइबाट आउने ३४७ नेपाली मध्ये १५८ जना नेपाली हिमालयन एयरलाइन्स मार्फत र १८९ जना फ्लाइ दुवइको विमानबाट नेपाल आउने छन् । यस्तै कतारबाट आउने ३०८ जना नेपाली मध्ये १५८ जना हिमालयन एयरलाइन्स मार्फत नेपाल आउँदै छन् भने १५० जना कतार एयरलाइन्स मार्फत नेपाल आउने उनले बताएका छन् । यस्तै कुवेत र जापानमा रहेका नेपालीलाई नेपाल एयरलाइन्सले ल्याउनेछ भने बेलायतबाट फर्किने नेपालीहरुलाई जजीरा एयरलाइन्सले नेपाल ल्याउने भएको छ ।

Skip This
Skip This
Logo