बेलायतमा अध्ययनरत एक १३ वर्षिया छात्राले नेपालमा कुकुरहरुको रेखदेख गर्ने एक संस्थालाई आर्थिक सहयोग गरेकी छन्।
लण्डनस्थित रिभर एकेडेमीमा कक्षा ८ मा अध्ययनरत टिया आचार्यले संकलित ५० हजार रुपैयाँ शुक्रबार काठमाडाैँस्थित लेक्स कियर नेपालकी प्रमुख किरणरुपा मगरलाई हस्तान्तरण गरिएको छ।
बेलायतबाट संचालित अनलाइन पोर्टल नेपालब्रिटेन डट कमको १६ औँ वार्षिकोत्वसको अवसरमा संकलन भएको आर्थिक सहयोग गैरआवासीय नेपाली संघका नवनिर्वाचित सचिव भिम कमल केसी र सह कोषाध्यक्ष कृष्ण तिमल्सेनाले संयुक्त रुपमा लेक्स कियर नेपाललाई हस्तान्तरण गरेका हुन्। यसअघि टियाले बाग्लुङस्थित जगन्नाथ प्राविका शिक्षक तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेकी थिइन्।
लेक्स कियर नेपालले सडकमा अल्पत्र परेका कुकुरहरुको औषधि उपचार तथा रेखदेख गर्दै आएको छ। संस्थाकी प्रमुख थापाका अनुसार हालसम्म सडकमा रहेका ५ सय बढी कुकुरलाई लेक्स कियर नेपालले सेवा दिएको छ। लेक्स कियर नेपाल २ वर्षअघि स्थापना भएको हो।





























प्रतिक्रिया