आरके शर्माकाे अध्यक्षतामा एनआरएनएको नयाँ कार्यसमिति

आरके शर्माकाे अध्यक्षतामा एनआरएनएको नयाँ कार्यसमिति

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माले आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरेका छन्। बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गरेको शर्मा पक्षले छुट्टै कार्यसमिति घोषणा गरेको हुन्।

असोज ३० गतेबाट काठमाडौँमा जारी महाधिवेशनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको यो पक्षको दाबी छ। अनलाइन मतदानका क्रममा त्रुटि देखिएको भन्दै शर्मा पक्षले मतपरिणाम अस्वीकार गरेको थियो। भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले मतपरिणाम अस्वीकार गरेपछि सर्वसम्मतिको प्रयास सुरु गरेका थिए ।  

शर्माको नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनील शाह, गंगाधर गौतम, गोबिन्द श्रेष्ठ चयन भएका छन्। महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद चयन भएका छन् । महासचिवमा बुद्धि सागर सुवेदी चयन भएका छन्।

उपमहासचिवमा सोम सापकोटा, प्रवीन गुरुङ र प्रमोद सिटौला चयन हुँदा सचिवमा कृष्ण गिरी, लोक दाहाल, दयानिधी सापकोटा, टंक गैरे, केपी सिटौला, स्वतन्त्र प्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनी चयन भएका छन्। महिला सचिव बिमला सापकोटा चयन भएकी छन् ।

कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना र सहकोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सिना, मोहम्मद मुस्तफा चयन भएका छन् । महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा चयन भएका छन् ।

महिला संयोजकमा देविका केसी, युवा संयोजकमा रविन अधिकारी चयन भएका छन् । क्षेत्रीय संयोजकमा युरोपबाट चिन्तामणी सापकोटा, युरोपबाटै क्षेत्रीय उपसंयोजक शंकर डाँगी, भीमसेन थापा र रमेश काफ्ले चयन भएका छन् ।  मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व उपसंयोजकमा रमेश श्रेष्ठ, माधव पौडेल, लाल पुन चयन भएका छन् । 

Logo