आज ७ सय नेपाली स्वदेश फर्किंदै

आज ७ सय नेपाली स्वदेश फर्किंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
आज पनि विश्वका विभिन्न ५ देशबाट ७ सय नेपाली स्वदेश फर्कने भएका छन् । विदेशमा अलपत्र परेका नेपाली ल्याउन आज ५ वटा उडान तय भएका छन् । आज हिमालयन एयरलाइन्सले पाकिस्तानबाट ७५ जना र माल्दिभ्सबाट १५६ जना नेपाली स्वदेश ल्याउँदैछ ।

यस्तै नेपाल एयरलाइन्सले बहराइनबाट १५० जना, एयर अरेबियाले यूएईबाट १५० र जजिरा एयरले कुवेतबाट १५० नेपाली स्वदेश ल्यमउने बताइएको छ ।

आइतबार पनि एकैदिन १६ चार्टर्ड उडान भएका थिए । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडानबाट मात्रै आइतबार ९२१ यात्रु नेपाल फर्किएका छन् । उनीहरु मध्ये अधिकांश विदेशमा अलपत्र परेर स्वदेश फर्किएका नेपाली हुन् । यसअघि असार ५ गते पनि एकैदिन अन्तर्राष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएका थिए ।

Logo