पहिलो उद्दार उडानमार्फत १४९ नागरिक लिएर कतारबाट नेपाल एयरलाईन्स उड्यो

पहिलो उद्दार उडानमार्फत १४९ नागरिक लिएर कतारबाट नेपाल एयरलाईन्स उड्यो

केन्द्रबिन्दु
0
Shares

  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कोरोनाको कारण बिदेशमा अलपत्र परेका नागरिकहरुको उद्दार उडान गर्ने नेपाल सरकारको निर्णय अनुसार कतारबाट पहिलो चरणमा नेपाल एयरलाईन्सले गए राति उद्दार उडान गरेको छ ।

दूतावासको फारम भरेका मध्ये पहिलो प्राथमिकतामा परेका मध्येबाट गए राति कतारको समय अनुसार राति १२ः४५ बजे नेपाल एयरलायन्स मार्फत १ सय ४९ नेपाली स्वदेश फर्किएका छन् । उडानमा २९ जना सुत्केरी, गर्भवतीसहित ८२ जना महिला ३ जना नाबालक र ६४ जना पुरुष रहेको नेपाली नियोगका द्वित्तिय सचिव प्रविण भट्टराईले जानकारी दिएका छन् ।

एयरपोर्टमा यात्रीहरुको बिदाईका लागी राजदूत नारदनाथ भारद्दाज, द्वित्तिय सचिव प्रविण भट्टराई, नियोग परीवारका सदस्य, गैरआवासिय नेपाली संघका मध्यपूर्व संयोजक प्रविण गुरुङ लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो । यस अघि कतार एयरमार्फत आममाफी पाएका ४३ जना नागरिकसहित २० नेपालीको शव नेपाल ल्याइसकिएको छ ।

Logo