कतार एयरवेजको चार्टर्ड जहाजले २० जना नेपाली नागरिकहरुको शव र कतारमा अलपत्र परेका ४३ जना नेपालीलाई ल्याएको हो । "/>

कतारबाट २० वटा शव नेपाल ल्याइयो (फोटोफिचर)

कतारबाट २० वटा शव नेपाल ल्याइयो (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा मृत्यु भएका नेपाली मध्ये आज कतारबाट २० वटा शव नेपाल ल्याइएको छ ।

कतार एयरवेजको चार्टर्ड जहाजले २० जना नेपाली नागरिकहरुको शव र कतारमा अलपत्र परेका ४३ जना नेपालीलाई ल्याएको हो । आज नै कुबेतको जजिरा एयरले पनि २ वटा शव ल्याएको छ ।

यस्तै हिमालय एयरलाइन्सले साउदी अरबबाट एउटा शव ल्याएको छ । कोरोना संक्रमण बढ्दै गएपछि अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका कारण यसअघि शव ल्याउन सकिएको थिएन् । सरकारले चार्टर्ड विमानमार्फत अलपत्र परेका नेपालीहरु र त्यहाँ रहेका शवहरु नेपाल ल्याइएको हो ।

शवलाई विदेशबाट ल्याउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जिल्लासम्म पु¥याउने खर्च बैदेशिक रोजगार बोर्डले बेहोर्नेछ । विभिन्न कारणले विदेशमा मृत्यु भएका आफन्तहरुले काठमाडौं आएर निवेदन दिएपछि बोर्डले निःशूल्क ढुवानी गर्नेछ ।

 

Logo