जनसम्पर्क समिति कतारद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र

जनसम्पर्क समिति कतारद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र

केन्द्रबिन्दु
0
Shares

  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

नेपाली कांग्रेसको विदेश स्थित भातृसंगठन नेपाली जनसम्पर्क समिति कतारले १४ बुँदे माग सहितको ज्ञापन पत्र नेपाली दुताबास कतार मार्फत प्रधानमन्त्रीलाई पठाएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय बैठकले नेपालमा कोभिड १९ को महामारी, त्यसबाट उत्पन्न परिस्थिति, तत्कालिन एवं दीर्घकालिन प्रभाव र नेपाल सरकारको भूमिका र गर्नु पर्ने आवश्यक कामहरु गर्न नसकेको ३ महिनादेखि बिदेशमा अलपत्र परेका नागरिकहरुलाई उद्धार गर्न नसकेको यो विकराल स्थितिमा पनि अस्पष्ट स्वास्थ्य नीति, अकर्मण्यता, भ्रष्टाचारमा लिप्त भएको निश्कर्षसहित नेपाली काँग्रेसले देशका सबै जिल्ला र विदेशमा रहेका राजदूतावासमार्फत नेपाल सरकारलाई देश भित्र र विदेशमा रहेका नेपाली नागरिकको असंतुष्टि र सुझाव सहितको ध्यानाकर्षण ज्ञापन पत्र प्रधानमन्त्रीलाई पठाउने कार्यक्रम अन्तर्गत नेपाली जनसम्पर्क समिति कतारले पनि नेपाली राजदूतावास कतारका राजदूत डा. नारद नाथ भारद्वाजलाई ज्ञापन पत्र बुझाएको छ ।

कावा सभापति र महामन्त्रीद्वारा हस्ताक्षर गरीएको उक्त ज्ञापन पत्र बुझाउन समितिका कावा सभापति शंकर न्यौपाने र महामन्त्री अजिज अलि सहित प्रमुख सल्लाहकार बिमल सुवेदी, काँग्रेस महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह र पत्रकार दिपजंग शाह पनि उपस्थित थिए । कोभिड १९ को अवस्थालाई मध्यनजर गर्दै सामजिक दुरी कायम गर्न र भिडभाड नगरी सो ज्ञापन पत्र बुझाइएको थियो । ज्ञापन पत्र बुझ्दै राजदूत भारद्वाजले बर्तमान परिस्थिती अनुसारका चिन्तनसहित मागहरु जाहेज भएका र श्रमिकहरुका बारे उठाइएका विषयमा दूतावास गम्भीर भएको भन्दै प्राप्त ज्ञापन पत्र सम्बन्धित निकायमा पठाउने प्रतिबद्दता जाहेर गरेका थिए ।

जनसम्पर्क समिति कतारले दूतावासलाई बुझाएको ज्ञापन पत्र यस्तो रहेको छ ।

 

Logo