लोक तथा दोहोरी गीत प्रतिष्ठान कतारको चौथो साधारण सभा

लोक तथा दोहोरी गीत प्रतिष्ठान कतारको चौथो साधारण सभा

केन्द्रबिन्दु
0
Shares

दोहा कतार ।

हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन” भन्ने मुख्य नारा लिएर नोभेम्बर १०, २०१७ मा कतार शाखाको रूपमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाले आफ्नो चौथो साधारण सभा सम्पन्न गरेको छ । सलवा रोडमा अवस्थित ग्रीन रेस्टुरेन्टको सभा हलमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका का.वा. अध्यक्ष शिवराम ढकालको सभापतित्व तथा प्रतिष्ठान वैदेशिक शाखाका केन्द्रीय सदस्य दुर्गाप्रसाद पङ्गेनीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम राष्ट्रिय गानसँगै अघि बढेको थियो । नानु घलेले स्वागत मन्तव्य राखेकी थिइन् भने केक समेत काटिएको थियो ।

सभामा ४५५ कतारी रियाल बचत रहेको कार्य प्रगति तथा आयव्यय विवरण पेस गरिएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख सल्लाहकार प्रभात त्रिपाठीले जननी सङ्गीतको मर्म अनुसार अगाडि बढ्नु पर्ने बताए । आफ्नो मन्तव्यको क्रममा प्रमुख अतिथी पंगेनीले कमीकमजोरी रहे पनि संस्थाले स्थापना गरेको चार वर्ष पूरा गरेकोमा खुशी व्यक्त गरेका थिए ।

महिला सचिव सन्ध्या अर्यालले सञ्चालन गरेको कार्यक्रमको समापन गर्दै सभापति ढकालले चौथो साधारण सभासम्म आउँदा हिजोलाई नभुल्न र भोलिलाई सुन्दर बनाउनतिर ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार प्रेम चलाउने, सगुन बर्देवा लगायत कार्यसमिति तथा अन्य व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Logo