युएईमा रहेका दुई जना नेपालीमा कोरोनाको संक्रमण

युएईमा रहेका दुई जना नेपालीमा कोरोनाको संक्रमण

केन्द्रबिन्दु
0
Shares

युएई ।

युएईमा रहेका दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको छ । सोमबार दुई नेपालीसहित १४ जनामा कोरोना संक्रमण देखिएको युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण हुनेमा चार जना युएई, तीन जाना इटालियन, दुई जना बंगलादेश र दुई जना नेपाली रहेका छन्। यस्तै रसियन, भारतीय र सिरियन एक एक जनामा संक्रमण भेटिएको छ।

यस अघि संक्रमित तथा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको सम्पर्कबाट उनीहरुलाई भाइरस सरेको बताइएको छ। युएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।

संक्रमित दुई जना नेपाली कुन कम्पनीमा कार्यरत थिए भन्ने खुलाइएको छैन । नागरिकबाट

Logo