दाेहा कतार ।
म्याग्दी प्रवासी नेपाली सङ्घ, राष्ट्रिय कार्यकारी समिति (मोना) कतारको सोह्राैं मासिक तथा नियमित बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलको सभापतित्वमा शुक्रबार सम्पन्न बैठकले आगामी मार्चको दोस्रो साता अर्थात् १२ तारीख शुक्रबार संस्थाको दशौँ साधारण सभा तथा अठारौँ वार्षिकोत्सव गर्ने निर्णय गरेको छ ।
कार्यक्रम स्थलको बारेमा कोरोनाको कस्तो प्रभाव रहन्छ त्यस अनुरूप निर्णय गरि सूचित गरिने भएको छ । बैठकबाट जनवरी १ देखि नै लागु हुने गरी साधारण सभालाई लक्षित गर्दै साधारण सदस्यता शुल्क १० कतारी रियाल र आजीवन सदस्यता शुल्क २५१ रियाल कायम गरी खुला समेत गरिएको छ ।
विश्वका २६ राष्ट्रमा फैलिएको म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जिल्ला भित्र अग्रणी सामाजिक संस्थाको रूपमा परिचित छ । जिल्ला भित्र र परदेशका हरेक समस्यामा मल्हम लगाउने उद्देश्यले “प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” भन्ने मूल मन्त्र लिएर सन २००३ को मार्चको दोस्रो शुक्रबार मोना कतारको स्थापना भएको हो ।
भाग्यशाली चिठ्ठा कार्यक्रमको नतिजा सार्वजनिक
म्याग्दी प्रवासी नेपाली सङ्घ, राष्ट्रिय कार्यकारी समिति (मोना कतार)ले बहुउद्देश्यीय अक्षय कोष स्थापनार्थ सञ्चालन गरेको भाग्यशाली चिठ्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । सहानियाँमा अवस्थित अलदोसरी पार्कमा सम्पन्न कार्यक्रममा उक्त नतिजा सार्वजनिक गरिएको हो ।
हरिबहादुर बानियाँ चिठ्ठा नम्बर ५५२ लाई पहिलो पुरस्कार ल्यापटप, भुपेन्द्र बहादुर पुर्जा चिठ्ठा नम्बर ११७३ लाई दित्तीय पुरस्कार ३२ इन्चको एलसिडी टिभी, अक्तर नामका एक भारतीय नागरिकलाई तृतीय पुरस्कार एन्ड्रोईट मोबाइल परेको छ भने पाँच जना शेर बहादुर घर्ती चिठ्ठा नम्बर ३११, गिरि शिति रोका चिठ्ठा नम्बर ७६५, विष्णु भुजेल चिठ्ठा नम्बर ७०, कृष्ण साही चिठ्ठा नम्बर १०८७, दीपक बहादुर कार्की चिठ्ठा नम्बर १०५० लाई सान्त्वना स्वरूप स्मार्ट घडी परेको छ ।
चिठ्ठा कार्यक्रमबाट भएको आम्दानी मोना कतारले स्थापना गर्न लागेको अक्षयकोषको सहयोगार्थ भएको हुँदा सोही शीर्षकमै जम्मा गरीने चिठ्ठा कार्यक्रमका संयोजक नरेन्द्र फगामीले जानकारी दिए । कोरोनाका कारण पुरस्कारलाई खोलिएकै स्थानबाट वितरण नगरी सम्पर्कमाआए पश्चात् विजेतालाई वितरण गरिने फगामीले बताए । विजेताहरूले १५ दिन भित्र अर्धकट्टीसहित सम्पर्क गर्न अनुरोध गरेका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलले सभापतित्व, मोना आइसिसीका सचिव रमेश पौडेल प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य राजु पौडेलसहित विभिन्न व्यक्तिहरूको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले चिठ्ठा बिक्रि र सङ्कलनमा कार्यसमितिका पदाधिकारीहरूले गरेको प्रयासको प्रशंसा गरेका थिए ।
कार्यक्रमलाई समापन गर्दै सभापति पौडेलले बहुउद्देश्यीय अक्षयकोष स्थापना सहयोगार्थ सञ्चालित भाग्यशाली चिट्ठा कार्यक्रम “चिट्ठा काटेर परे उपहार नपरे सहयोग” भन्ने भावनालाई आत्मसाथ गर्दै सहयोग गर्नुहुने सम्पूर्णलाई विशेष आभार प्रकट गर्दै चिठ्ठा कार्यक्रमको आय ब्यय अर्को मासिक बैठकमा सार्वजनिक गर्ने प्रतिबद्धता सहित उपस्थित सम्पूर्णलाई धन्यवादसहित कार्यक्रमको समापन गरेका थिए ।





























प्रतिक्रिया