अमेरिकामा भएको कार दुर्घटनामा फेरि २ नेपालीको मृत्यु

अमेरिकामा भएको कार दुर्घटनामा फेरि २ नेपालीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्मा रहेका छन्।  दुर्घटनामा चारजना घाइते भएका छन्।

शनिबार राति १० बजे भएको दुर्घटनामा तीन वटा गाडी ठोक्किएको संचारमाध्यमहरुले जनाएका छन् । माउन्ट कार्मल अस्पताल उपचाररत २२ वर्षीया सिर्जना विश्वकर्माको अवस्था चिन्ताजनक रहेको जनाएको छ।

उक्त दुर्घटनामा घाइते खालेब वाट्सन र कोबी स्टिलवेलको ग्रान्ट मेडिकल सेन्टरमा उपचार भैरहेको छ।

यस अघि गत महिना भएको सडक दुर्घटनामा परी विष्णुप्रसाद सापकोटा र  कर्णबहादुर सुवेदीको ज्यान गएको थियो।

Skip This
Skip This
Logo