दशैंको टीकाकै दिन बेलायतमा एक नेपाली युवतीको हत्या

दशैंको टीकाकै दिन बेलायतमा एक नेपाली युवतीको हत्या

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बेलायतमा एक नेपाली युवतीको हत्या भएको छ । गत मंगलबार दसैंको टीकाकै दिन बेलायतको लेष्टर शहरमा ३२ वर्षीया शुभेच्छा बुराथोकीको हत्या भएको हो ।

मंगलबार बिहान आफ्नै निवासमा छुरा प्रहार भएको र घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । बिहान करिब साढे ८ बजेतिर छुरा प्रहारको सूचना पाएलगत्तै प्रहरीको टोली पुग्दा बुराथोकीको ज्यान गइसकेको थियो। तर त्यतिन्जेल आक्रमणकारी भागिसकेको थियो।

पोस्टमार्टम रिपोर्टले पनि मृतकका शरीरका धेरै ठाउँमा छुरा प्रहार भएको देखाएको छ। लेष्टर प्रहरीले बिहीबार एक वक्तव्य जारी गर्दै ‘फातिमा’ नामबाट चिनिँदै आएकी मृतकको वास्तविक नाम शुभेच्छा बुराथोकी रहेको र उनी नेपाली रहेको पुष्टी गरेको छ ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बुराथोकीको हत्या कसले र किन गर्‍यो भनेर अझै स्पष्ट हुन नसकेको जनाएको छ । यो केसको अनुसन्धान बेलायतको इष्ट मिडल्यान्ड स्पेसल अपरेसन युनिटका इन्स्पेक्टर मार्क सिन्स्कीको नेतृत्वमा प्रहरीले गरिरहेको छ।

Skip This
Skip This
Logo