सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलले बृहतरूपमा होली पर्व मनायाे

सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलले बृहतरूपमा होली पर्व मनायाे

केन्द्रबिन्दु
112
Shares

काठमाडाैँ। सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलको आयोजनामा होली पर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। मार्च २४ तारिख अर्थात आइतबार लिस्बनको वेलाभिस्ता पार्कमा बिशेष समाराेहकाबीच उक्त कार्यक्रम सम्पन्न भएकाे हाे।

कार्यक्रममा नेपाली संघसंस्थाहरूका अगुवा प्रतिनिधीहरूको बाक्लो उपस्थिती रहेको थियो। गैरआवासिय नेपाली संघलगायत संघसंस्थाका प्रतिनिधीहरूले शुभकामना ब्यक्त गरेका थिए,भने वक्ताहरूले होली संस्कृती र परम्पराको बारेमा प्रकाश पारेका थिए।

आइतबार विदाको दिन पारेर आयोजना गरिएको कार्यक्रममा युवा जमातको बाक्लो उपस्थिती देखिएको थियो। एक-आपसमा रंग लगाउँदै शुभकामना ब्यक्त गर्दै मनाइएको कार्यक्रममा सुदूरपश्चिमको देउडा नृत्यले सबैको मन जितेको थियो।

कार्यक्रममा स्थानिय कलाकारले पञ्चेबाजा प्रस्तुत गरेका थिए भने बाजाको तालमा युवाहरूले नाचेर भरपुर मनोरञ्जन गरेका थिए। उक्त कार्यक्रममा विदेशी नागरिकहरू पनि रंग दलेर रमाएको देख्न सकिन्थ्यो भने पार्क घुम्न आएका स्थानिय नागरिकहरूले पनि रंगहरूको पर्व होलीको बारेमा चासो पूर्वक साेधपुछ गरेर रमाइरहेका थिए।

Logo