काठमाडौँ । अमेरिकाको टेक्ससमा एक नेपालीको हत्या भएको छ । लुटेराहरूको एक समूहले रुकुम बाफीकोटका ३० वर्षीय दीपक वलीको गोली हानी हत्या गरेका हुन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उनी टेक्ससको वेको सिटी नजिक हाइवे ३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्थे । स्थानीय समयअनुसार बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ । हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो ।
अधिकारीहरुका अनुसार घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ । अहिले घटनाको अनुसन्धान भइरहेको छ ।





























प्रतिक्रिया