यूएईमा मृत्युदण्ड सुनाइएका दुई नेपाली स्वदेश फर्किए

यूएईमा मृत्युदण्ड सुनाइएका दुई नेपाली स्वदेश फर्किए

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान थापामगर नेपाल फर्किएका छन् । उनीहरुले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् ।

भुवन गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन भने पहलमान थापामगर बुधबार बिहान काठमाडौँ आइपुगेका हुन् । भुवन पहलमानलाई नेपालीकै हत्या अभियोगमा यूएईको अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

उनीहरूले नवलपरासीको मध्यबिन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोप छ । यूएईको कानुन अनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन् । कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी)भनेर अदालतले पीडित परिवारलाई सोध्छ । भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरे ।

बिहान त्रिभुवन विमानस्थलमा ओर्लँदै पहलमानले आफूहरूले हत्या नगरेको भए पनि झुटो आरोपमा फसाइएको बताए । मृत्यु भएको साँझसँगै रक्सी पिएको भए पनि त्यसपछि आ–आफ्नो कोठामा गएको र त्यसको तीन घण्टापछि मृत भेटिएको बताए ।

पहलमानले भने, ‘हामी साँझसँगै बसेर रक्सी पिएका थियौँ । जुन–जुलाईको समय भएकाले त्यहाँ धेरे गर्मी थियो । बाबुराम धेरै नै रक्सी खाएर रुममा गएको थियो । रुममा गएको तीन–चार घण्टापछि आफैँ मरेको हो । त्यस घटनामा ५ जनालाई पक्राउ गरेको भए पनि अरू तीन जना पहिले नेपाल फर्किएका थिए । हामी दुई जना ६ वर्षपछि ब्लड मनि बुझाएर नेपाल फर्किएका हौं ।’

उनीहरू मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका अभियान्ताको सहयोगमा नेपाल फर्कन पाएका हुन् । उनीहरू दुवईको जेलमा रहेको र उद्धार गर्न संसद्मा समेत प्रश्न उठेको छ ।

Logo