नेपाली तीर्थयात्री बोकेको बस भारतमा दुर्घटना, ३५ जना घाइते

नेपाली तीर्थयात्री बोकेको बस भारतमा दुर्घटना, ३५ जना घाइते

केन्द्रबिन्दु
770
Shares

काठमाडौँ । भारतमा नेपाली तीर्थयात्री बोकको बस दुर्घटना भएको छ । बिहारको समस्तीपुरमा आइतबार बिहान बस दुर्घटना भएको हो ।

बाराको बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जैलसवालका अनुसार वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको हो । बसमा ४३ यात्री सवार रहेको र उनीहरू देवघरतर्फ गइरहेका थिए ।

दुर्घटनामा परेको बस ना७ख ६४४६ नम्बरको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको बताइएको छ । ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको र दुर्घटनामा कम्तीमा ३५ जना तीर्थयात्री घाइते भएको जनाइएको छ ।

Logo