अर्जुन पौडेल, तेलअभिब ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिती इजरायलले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । "/>

कांग्रेस जनसम्पर्क समिति इजरायलको दोस्रो वार्षिकोत्सव

कांग्रेस जनसम्पर्क समिति इजरायलको दोस्रो वार्षिकोत्सव

केन्द्रबिन्दु
0
Shares

अर्जुन पौडेल, तेलअभिब ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिती इजरायलले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । जुलाई २७ मा संगठनको वार्षिकोत्सव तथा ३६ औं विपि स्मृति दिवस मनाइएको हो ।

संस्थाका कार्य बाहक सभापति डम्मर गुरुङको सभापतित्वमा नेपाली दुतावास इजरायलका राजदुत निरन्जन कुमार थापा प्रमुख अतिथी रहेका थिए । त्यस्तै एनआरएन ए इजरायलका अध्यक्ष छिरिङ्ग शेर्पा, इजरायलमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम समारोहमा जननेता स्व. बिपि कोइरालाको योगदान र जीवनी बारे चर्चा गरेका थिए । वक्ताहरुले बिपी एसियाकै बहुआयामिक लोकतान्त्रिक नेता र प्रजातान्तिक धरोहर भएको बताए । बिपीको आदर्श, सिद्धान्त र उहाँले प्रतिपादन गर्नुभएको सिद्दान्तले मात्र नेपाललाई सम्वृद बनाउन सक्ने कुरामा कार्यक्रमका सहभागिहरुको जोड थियो ।

Skip This
Skip This
Logo