ग्लोवल पर्वत समाजद्धारा आयोजित निशुक्ल स्वास्थ्य शिविरमा ३ सय ९६ जनाले लिए लाभ [फोटो फिचर]

ग्लोवल पर्वत समाजद्धारा आयोजित निशुक्ल स्वास्थ्य शिविरमा ३ सय ९६ जनाले लिए लाभ [फोटो फिचर]

केन्द्रबिन्दु
39
Shares

निर्मल पौडेल,पर्वत। ग्लोवल पर्वत समाजको आयोजनामा फलेवास नगरपालिका ६ देविस्थानमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ३ सय ९६ जनाले स्वास्थ्यलाभ लिएका छन् ।

शिक्षा, स्वास्थ्य तथा प्राकृतिक विपत्तिहरूमा अग्रणी भूमिका खेल्दै आएको ग्लोबल समाज पर्वतको आयोजनामा फलेवासमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

देविस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना भएको शिविरमा करिब चार सय जना बिरामीले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा पेट छाती तथा मुटु रोग विशेषज्ञद्वारा पेट छाती र मुटुसम्बन्धी विस्तृत परीक्षण, मधुमेह तथा रक्तचाप परीक्षण, पाइल्स,फिस्टुला,टाउको सम्बन्धी ,मानसिक रोग र सामान्य रोगहरूको परीक्षण तथा परामर्श तथा कार्डियो डाइबेटिक सम्बन्धी विशेषज्ञ परामर्श दिइएको समाजका महासचिव कमल लामिछानेले जानकारी दिएका छन् ।

शिविरमा ओम मेगाश्री फर्मास्युटीकल्स र मेडिप्लस हस्पिटल तथा अन्य स्वास्थ्य संस्थाका करिब ३५ जना चिकित्सकहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए। ग्रामीण क्षेत्रमा रहेका बासिन्दाहरू चाहेको समयमा अस्पतालसम्म जान नसक्ने, विशेषज्ञ सेवा ग्रामीण क्षेत्रमा उपलब्ध नहुने, विशेषज्ञ सेवा पाउनको लागि जिल्ला बाहिरका अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको अवस्थामा समाजले शिविर आयोजना गरेको लामिछानेले बताए।

विभिन्न बाध्यताले समयमानै उपचार पाउन नसकेकाका नागरिकहरूलाई लक्षित गरेर शिविरको आयोजना गरिएको ग्लोबल समाज पर्वतका महासचिव कमल लामिछानेको भनाई छ । यस्तै कार्यक्रममा बोल्दै पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरीले प्रवासमा रहेर पनि जिल्लाको विकास निर्माण संगै स्थानिय जनताको सुखदुखमा सदैव ग्लोवल पर्वत समाज रहेको बताए । गिरिले भने, ’हामी विदेशमा रहे पनि हाम्रो भावना सदैव हाम्रो जन्मभूमिप्रति नै केन्द्रित छ । हामी जहाँ रहे पनि यहाँ रहनुभएका हाम्रा बुबा आमा तथा दाजुभाइ दिदीबहिनीका खातिर केही न केही योगदान गर्दै आइरहेका छौं।’ उनले भने । कोभिड होस् वा प्राकृतिक विपद्, हामी दुखेको घाउमा सकेसम्म मलहम लगाउने प्रयास गर्दै आएका छौं’, उनले भने। विगतमा पनि स्वास्थ्य, शिक्षा, प्राकृतिक विपद् र महामारीमा केन्द्रित भएर काम गरेको र आगामी दिनहरुमा निरन्तर रुपमा जिल्लाका जनताका लागि राहत र हितका कामहरु गर्दै जाने गिरीले बताए।

ग्लोबल पर्वत समाजको आयोजनामा भएको शिविरको सहआयोजक ओम मेगाश्री फर्मास्युटीकल्स र मेडिप्लस हस्पिटल तथा फलेवास नगरपालिका व्यवस्थापकको भूमिकामा रहेका थिए । ग्लोबल समाज पर्वतले विगतमा अन्तर्राष्ट्रिय पर्वत समाजको रूपमा सामाजिक कामहरू गर्दै आइरहेको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा रहेका पर्वतेलीहरूको साझा संस्थाका रूपमा यसले काम गर्दै आइरहेको छ । विगतमा भूकम्प, कोभिड १९, शिक्षा, स्वास्थ्य लगायतमा ठुलो आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको समाजले हाल मात्रै प्रदेश अस्पताल पर्वतमा करिब रु.४० लाखको लागतमा सौन्दर्गीकरणको काम पूरा गरेको छ ।

समाजले यस अगाडि पनि जलजला गाउँपालिका पैयुँ गाउपालिका र महाशिलामा स्वास्थ्य जाँच गरेको थियो ।

मेडि प्लस अस्पतालको तर्फबाट डा सरोज पोखरेलको नेतृत्वमा अन्य चिकित्सकहरुको सहभागिता रहेको कार्यक्रममा ओम मेगाश्री फर्मास्युटीकल्सका सञ्चालक अर्जुनकुमार श्रेष्ठ, ग्लोवल समाजका सल्लाहकार अर्जुन श्रेष्ठ, कोषाध्यक्ष तिलक सापकोटा, समाजका नेपाल प्रतिनिधि तथा कार्यक्रम व्यवस्थापक मुना भुसाल, फलेवास नगरपालिकाका प्रमुख गङाधर तिवारी, उपप्रमुख शोभा छेत्री,पर्वत अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शंकर गिरी,देविस्थानका वडा अध्यक्ष नविन श्रेष्ठ, देबिस्थान स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी,जनता माविका प्रधानध्यापक जीवनाथ पौडेल,कलाकार आर सि पौडेल,पुजा कार्की शमार्, लगायतको उपस्थिति रहेको थियो । समाजले स्वास्थ्य शिविर सञ्चालनमा सहयोग पु-याउने सवैलाई धन्यवाद समेत व्यक्त गरेको छ ।

Logo