थाइल्याण्डमा एएनओ समिति गठन, नेपाली भाषा-संस्कृति विस्तारमा जोड

थाइल्याण्डमा एएनओ समिति गठन, नेपाली भाषा-संस्कृति विस्तारमा जोड

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को थाइल्याण्ड समिति गठन गरिएको छ । बैंककमा आइतबार आयोजित भेलाले समिति चयन गरेको हो ।

समितिको अध्यक्षमा थाइल्याण्डमै जन्मिएकी पाचौँ पुस्ताकी नेपाली मूलकी अमरा राई चयन भएकी छन् ।कार्यक्रममा विभिन्न पदाधिकारी तथा सदस्यहरू पनि चयन भएका छन् । थाइल्याण्ड र बर्मामा बसोबास गर्दै आएका नेपाली मूलका व्यक्तिहरूको सहभागितामा समिति गठन गरिएको हो ।समारोहमा सहभागीहरूले विदेशमा बस्ने नेपाली मूलका समुदायबीच भाषा, संस्कृति र पहिचान संरक्षण गर्न एएनओले भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली राजदूत, प्राध्यापक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले नेपालीपन पुस्तान्तरण र सांस्कृतिक सम्बन्ध मजबुत बनाउन यस्तो अभियान उपयोगी हुने बताएका छन् । कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।

Logo