कतारमा १४३ नेपालीहरुले गरे रक्तदान

कतारमा १४३ नेपालीहरुले गरे रक्तदान

केन्द्रबिन्दु
0
Shares

दोहा कतार ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा हमाद मेडिकल कर्पोरेसनको, बल्ड डोनर सेन्टरमा ६९ वटा संघ संस्थाहरुको सहभागितामा १४३ जना नेपालीहरुले रक्तदान गरेका छन् ।

कार्यक्रममा मिडियाकर्मी, समाजसेवी, व्यवसायीहरु साथै विभिन्न संघसंस्थाहरुबाट तथा व्यक्तिगत तर्फबाट गरी २५० जना भन्दा धेरैको उपस्थिति रहेको थियो । १५९ जनाले नाम दर्ता गराए पनि विविध कारणवश १४३ जनाले मात्रै रक्तदान गरेका थिए। यो नेपाली संघसंस्थाहरुबाट अहिले सम्म सबैभन्दा धेरै रक्तदान गरिएको रेकर्ड रहेको संघका द्वित्तीय उपाध्यक्ष एवं संघसंस्था समन्वय संयोजक कुमार खड्काले जानकारी दिएका छन् ।

कोभिड १९ को विषम परिस्थितीका बाबजुद पनि पुण्यको कार्यमा सहभागी भई कार्यक्रम सफल पार्नुका साथै “रक्तदान, गर्ने सम्पूर्ण दाताहरु साथै समन्वयको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न संघसंस्थाहरुलाई आयोजक संस्थाको तर्फबाट संघका अध्यक्ष, मोहम्मद मुक्तदा मुसलमानले धन्यबाद ज्ञापन गरेका छन् । स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु भएको रक्तदान दिउँसो ३ बजे सम्पन्न भएको थियो ।

Logo