कार्ड्स अर्गनाइजेशन कतारको दोस्रो अधिवेशन सम्पन्न

कार्ड्स अर्गनाइजेशन कतारको दोस्रो अधिवेशन सम्पन्न

केन्द्रबिन्दु
0
Shares

प्रवासमा छरिएर रहेका श्रमिकहरूको स–साना लगानीलाई एकत्रित गर्दै स्वदेशमा लगानी गर्ने र त्यसबाट विदेशमा श्रम गर्ने नेपाली र नेपालकाे आर्थिक समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यका साथ स्थापना भएको 'ऊर्जाशील कार्य योजना जिम्मेवार विकाश समाज (कार्ड्स अर्गनाइजेशन) कतारको' दोस्रो अधिवेशनले अध्यक्षमा कृष्ण पन्थीलाई मनाेनित गरेकाे छ । 

कार्यक्रममा भर्चुअलमा रुपमा सहभागीता जनाउँदै कतारस्थित नेपाली राजदूतावासका प्रथम सचिव प्रवीण भट्टराईले संस्थाको उद्देश्य राम्रो रहेको र व्यावसायिक पाटोमा कानूनअनुसार संस्थालाई आवश्यक हुने जस्तोसुकै सहयोग गर्न दूतावास तयार रहेको बताए । 

अधिवेशनले पन्थीको अध्यक्षतामा २७ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको हाे ।  पन्थीसँगै वरिष्ठ उपाध्यक्षमा राजाराम शाही, उपाध्यक्षमा मोहम्मद अयुब शेष, महिला उपाध्यक्ष नानु घले, महासचिव डिल्लीराम भट्टराई, प्रथम सचिव सुरज कुँवर, द्वितीय सचिव रोशन बि‍‍‍.क, कोषाध्यक्षमा नरबहादुर थापा, सह कोषाध्यक्षमा रामकुमार राई लगायत सदस्यहरूमा क्रमशः रमेश थापा , चन्द्रबहादुर फुलेल, वासुदेव पाण्डेय, रमेश पुरी, विष्णुबहादुर शाही, अब्दुल खालिक,अम्बर राई, तेजबहादुर बुढाथोकी, प्रदीप राई, गणेश परियार, विष्णु अधिकारी, अनिशा घिमिरे र भूपराज दुबे छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष पन्थीले कार्ड्सले नेपालमा हाल कृषकहरूले भोग्न परेको समस्यालाई अन्त्य गर्नको लागि नेपाल सरकारसँग पहल गर्ने र सरकारले कृषिसम्बन्धी वस्तुहरूलाई बजार व्यवस्थापन गर्नको लागि जिम्मा दिएमा आफूहरू पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।

Skip This
Skip This
Logo