पर्यटन व्यवसायी श्याम कक्षपतिको बैंककमा निधन

पर्यटन व्यवसायी श्याम कक्षपतिको बैंककमा निधन

केन्द्रबिन्दु
0
Shares

पर्यटन व्यवसायी श्याम कक्षपतिको बैंककमा निधन भएको छ। परिवारले जनाए अनुसार बैंककको ब्रुमुनगार्ड अस्पतालमा उपचारका क्रममा सोमबार उनको निधन भएको हो। 

लामो समयदेखि मुखको क्यान्सरबाट पीडित कक्षपति उपचारका लागि २ महिनाअघि बैंकक गएका थिए। किमियोथेरापीपछि उनको स्वास्थ्यमा सुधार आएको थियो। तर अचानक निधन भएको छ। 

हानका पूर्वअध्यक्ष समेत रहेका कक्षपति नेपालमा क्याफे संस्कार भित्र्याउने नाग्लो ग्रुपका संस्थापक थिए। कक्षपति शुभतारा स्कुलका संस्थापकसमेत थिए। ​​उनको निधनले सिंगो पर्यटन क्षेत्र स्तब्ध बनेको छ।

Skip This
Logo