लकडाउन यता कतारबाट ७ हजार २१२ नेपाली स्वदेश फर्किए, ७० वटा शव पनि ल्याइयो

लकडाउन यता कतारबाट ७ हजार २१२ नेपाली स्वदेश फर्किए, ७० वटा शव पनि ल्याइयो

केन्द्रबिन्दु
0
Shares

दोहा कतार।

कोरोनाका कारण प्रवासमा असहज परिस्थितिमा परेका तत्काल नेपाल फर्कनै पर्नेहरूलाई उद्धार गर्ने नेपाल सरकारको निर्णय बमोजिमकतारबाट सहजिकरण उडान भईरहेका छन् ।

आज दोहाबाट नेपाल एयरलाईन्सले ३९ औँ सहजिकरण उडान गरेको छ । उक्त उडानमार्फत १४६ जना नेपाली उडेको राजदूतावासबाट प्रोटोकल ड्युटीमा खटिएकी द्वित्तिय सचिव ऋचा भट्टराईले दिएकी हुन् । १५६ जना उड्ने तालिका रहे पनि १० जना किन विमानस्थल पूगेनन् भन्ने कुरा खुल्न सकेन ।

उक्त फ्लाइटमा ६ महिनाबाट बेरोजगार बनेका एक स्थानीय कम्पनीमा कार्यरत ९० जना नेपाली एकै पटक उडेका छन् । उक्त कम्पनिले नेपाल फिर्तीका लागि टिकट मात्र उपलब्ध गराएको तर आफूहरूले पाउनु पर्ने सेवा बापतको रकम नपाएको गुनासो एयरपोर्टमा भेटिएका कामदारले गरेका छन् ।

यात्रीहरूलाई बिदाइ गर्न भट्टराईका अलावा प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल, नेपाली नियोगबाट ड्युटीमा खटिएका पदाधिकारीहरू लगायतका व्यक्तिहरू एयरपोर्ट पुगेका थिए ।

लकडाउन यता सहजीकरण उडानमार्फत कतारबाट कुल ७ हजार २१२ जनासहित ७० वटा शव नेपाल पुगिसकेका छन् ।

Logo